५ असोज २०७८
दरबन्दी अनुसार कर्मचारी नहुदा सल्यान जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ ।

सरकारले सल्यान जिल्ला अस्पताललाई १५ शैयाको भनी स्वीकृत गरेपनी कोभिड अस्पताल गरेर करिव ५० शैया संचालन गर्दै आएको र दरबन्दी अनुसार स्वास्थ्य कर्मी नहुदा, विभिन्न समस्याका बिरामीहरुको उपचार गर्न दिनप्रतिदिन गार्हो हुँदै आएको जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले बताएका छन् । दरवन्दी अनुसार नर्सको संख्या कम रहेको,एउटा सिप्टमा तीन,चार जना नर्स हुनु पर्नेमा दुइजनाले सेवा दिदै आइरहेको र त्यसले कुनैन कुनै दिन अप्रीय घटना घट्न सक्ने सम्भावना भएकाले सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन पर्ने आवश्यकता देखिएको बताएका छन् । डाक्टर शर्माले सल्यान अस्पतालमा कर्मचारीको मात्र समस्या नभएर बिगत ३ बर्ष देखि एम्बुलेन्स समेत
नहुनु ,जिर्ण भवनबाट सेवा दिनु दुर्भाग्य भएको बताएका छन् ।जिल्ला अस्पतालका सम्पुर्ण समस्याको समाधानकालागी कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले समेत ध्यान नदिएको उनिले बताएका हुन ।

सल्यान जिल्ला अस्पतालको भर्न कक्षमा दिनहु सुत्केरी महिला लगाएत दर्जन बढी विभिन्न समस्याका अन्य बिरामी आउने र उनिहरुको उपचारमा प्रती सिप्ट २ जना अनमीले डिउटी दिनु पर्ने बाध्यता रहेको अनमी बिनिता केसीले बताएकी छिन ।उनले बिरामीको चाप बढ्नु र सम्बन्धित निकायले कर्मचारी पदपूर्ति गर्न नसके बिरामी भर्न कक्षनै बन्द गर्ने अवस्था आउन सक्ने समेत बताएकी छिन । जिल्ला अस्पताल सल्यानमा जति सोचेर बिरामी पुर्
याइन्छ त्यति प्रभावकारी ढंगले स्वास्थ्य सेवा नपाइएको बिरामीका आफन्तहरुले दुखेसो पोखेका छन् ।जनशक्तिको कमिले गर्दा समयमै बिरामी चेक गर्न डाक्टर लगाएतका अन्य स्वास्थ्यकर्मी बिरामी कक्षमा नपुग्नु प्रमुख समस्याको रुपमा देखिएको बिरामीका कुरुवा सोजना प्रधानले बताएकी छिन ।उनिले बिरामीको अवस्था के कस्तो छ त्यसको जानकारी समेत समयमै पाउन नसक्ने अवस्था देखिएको बताइन ।

सल्यान लगाएत रोल्पा ,रुकुम बाट बिरामीहरु आएपनी कर्मचारीको अभावले दरबन्दी अनुसारको विशेषज्ञ सेवा दिन नसकेको,प्रदेश स्तरीय लोकसेवा आयोग गठन हुन नसक्नु र प्रदेशमा लोक सेवा आयोग नखुलेकाले विशेषज्ञ नपठाएको र विशेषज्ञ प्राप्तको लागि कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयमा पत्राचार गरिसकिएको समेत सल्यान जिल्ला अस्पतालका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक दशरथ कुमार श्रेष्ठले बताएका छ्न । सल्यान जिल्ला अस्पतालमा डाक्टर देखि कार्यालय सहयोगी सम्म ६५ जनाको दरबन्दी रहेपनी हाल स्थायी र अस्थायी करार गरेर २० जनाको मात्र पदपूर्ति भएको ब्यवस्थापक श्रेष्ठले बताए ।उनिले ७ जना विशेषज्ञ सेवामा १ जना पनि स्थायी नभएको,८ जना स्टापनर्सको दरबन्दी रहेकोमा २ जना मात्र स्थायी भएको,३ जना अनमिको दरवन्दिमा १ जना स्थायी भएको बताए ।श्रेष्ठले सल्यान अस्पतालको लागि यसै आर्थिक बर्ष भित्र एम्बुलेन्स खरिद गरिने बताएका छन् ।