राउटे समुदायले पाए ४ लाख बढिको खाद्यान्न र लत्ताकपडा

२ असोज २०७८

लोपोन्मुख राउटे समुदायका मानिसलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं.१ देवस्थल घाटगागाउँमा बस्दै आएका राउटे समुदायका मानिसहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले ७५ सेट बलाङ्गकेट,७५ सेट म्याट,७५ सेट पिफर्म,५० सेट पाल,१ सय २५ सेट चप्पल,५ सय किलो मैदा पिठो,कपडा धुने नुहाउने साबुन गरेर करिब ४ लाख बराबरको खाद्यान्न,लत्ताकपडा लगाएतका सामाग्री बितरण गरेका हुन। सामाग्री बितरण गर्दै अध्यक्ष तिमल्सिनाले राउटे जातिको उत्थानका लागि स्थानीय सरकारले बढी तदारुकता देखाउनु पर्ने आवश्यकता रहेको बताए ।राउटेहरु बसाई सराइगरेर जाने स्थानीय तहहरुले उनिहरिको चेतना वृद्धिका लागि विभिन्न प्रयास गरे राउटे समुदायपनि बिस्तारै ब्यवस्थित हुने बताए । बालबालिकाको शिक्षा,स्वास्थ्य र आवासमा सबैले चासो दिए उनिहरुलाई आधुनिकता तिर परिनत गर्न सकिने बताए ।
यस्तै कार्यक्रममा बोल्दै राउटे समुदायलाई आधुनिकतामा लैजानका लागि सबैको उत्तरदायित्व रहेको प्रदेश संसद गुलावजंग शाहले बताएका छन् ।नेकपा एमाले कर्णाली प्रदेशका सचेतक समेत रहेका शाहले राउटे समुदाय स्थानीय स्तरमै वस्ने भएकोले मुख्य रेखदेख र शिक्षादिक्षामा अलि वढि जोड स्थानीय सरकारले गर्नु पर्ने बताएका हुन् ।उनिले राउटे समुदायको चेतनालाई बिकास गर्नको लागि सबैले चासो दिनु पर्ने समेत बताए ।
राउटे समुदायको उत्थानका लागि विगत १८ वर्ष देखि निरन्तर सेवामूलक संस्थाकी अध्यक्ष सत्यदेवि अधिकारीले राउटेहरुको संरक्षणमा काम गर्दै र पुलको रुपमा सहजिकरण गरिरहेको जनाइन । राउटे समुदायको उत्थान र संरक्षणमा सत्यदेविको अतुलिनिय भुमिका रहेको छ । सामग्री वितरणमा संसद पदमा खट्का सल्यान प्रमुख जिल्ला अधिकारी लक्ष्मि देवि हुमागाइ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र दुबई जिल्लाका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस