अखिल क्रान्तिकारीको जिल्ला अध्यक्षमा राजेन्द्र खड्का

१ असोज २०७८/रमिला मैनाली

अखिल क्रान्तिकारी बिद्यार्थी संगठन सल्यानको जिल्ला अध्यक्षमा राजेन्द्र खड्का चयन भएका छन् ।

 

विप्लव निकट अखिल क्रान्तिकारी बिद्यार्थी संगठन सल्यानको, बागचौरमा भएको २० औ जिल्ला सम्मेलन बाट राजेन्द्र खड्का अध्यक्ष रहेको २९ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ। जसको उपाध्यक्षमा शेरजन चन्द, सचीव मा दिपक खडका,सहसचिवमा बिस्नु बुढाथोकी,कोषाध्यक्षमा प्रेम वलि रहेका छन् ।

२० औ जिल्ला सम्मेलन उद्घाटन सत्रमा बोल्दै नेकपाका बिशेश कमिटी सदस्य लोकपाल केसीले, जनयुद्ध ले उठायका कदमहरुमा प्रचण्ड बाबुरामले धोका नदिएको भए अहिले आफुहरु एकीकृत जनक्रान्तीको दिशा मा जानुनपर्ने अवस्था नभएकोमा जोड दिए,कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले अव मुलुकलाई वैज्ञानिक समाजवादमा लैजानु पर्ने आवश्यकता रहेको बताए । उनले जनताका सबै खाले समस्याहरुको समाधान बैज्ञानिक समाजवाद सम्म गए मात्र पुरा हुने बताए ।

कार्यक्रम मा बोल्दै अखिल क्रान्ति कारीका केन्द्रिय सदस्य मदन चन्दले अहिलेको शिक्षा दलाल संसदीय व्यवस्थालाई रक्षा गर्ने साम्राज्यवाद लाई रक्षा गर्ने भएकोले अबको समयमा वैज्ञानिक शिक्षा आबस्यक भएको बताएका छन । उनले बिद्यार्थीका हकहित र अधिकार प्राप्तीकालागी आफ्नो संगठन निरन्तर लागी पर्ने बताए । कार्यक्रम बोल्दै अखिल क्रान्तिकारीका राप्ती संयोजक दिपकले शिक्षा क्षेत्रको बिकृति बि संगतीलाई अन्त्य गरेर समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा आफुहरु निरन्तर लागी परेको बताए अखिल क्रान्तिकारी बिद्यार्थी सर्वहारा जन्ताको पक्षमा भएको भन्दै सबैलाई साथ दिन आग्रह गरे ।

 

अखिल क्रान्तिकारी का जिल्लाअध्यक्ष गणेश क्षेत्री ( प्रभाकर ) को अध्यक्षमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको २० औ जिल्ला सम्मेलन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस