३१ भदौ २०७८/ बिमला बस्नेत
सल्यानको त्रिवेणी गाउँपालिकाले हाम्रो त्रिवेणी नामक पाठ्यपुस्तकको एक कार्यक्रमका बिच बिमोचन गरेको छ ।

बिहिवार पाठ्यपुस्तक बिमोचन गर्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले स्थानीय स्तरको आफ्नो संस्कार,स्थानीय तह,खेतिपाती,लेखापढी र मौलिक संस्कृती लाई संरक्षण तथा संवर्द्वन गर्दै पिढी हस्तान्तरण गर्नको लागि आफुहरुले नेपालको संविधान र स्थानीय सरकार संचालन ऎनले दिएको अधिकार प्रयोग गर्दै जिल्लामै पहिलोपटक स्थानीय बिषय बस्तु समेटी पाठ्यपुस्तक प्रकाशनमा ल्याई पठनपाठन गराउदै आएको बताएका छन् ।
शैक्षिक सत्र २०७५/०७६ बाट स्थानीय पाठ्यक्रम प्रकाशन गरि कक्षा १ देखि ३ सम्म पठनपाठन गराउदै आएको गाउँपालिकाले यसै शैक्षिक सत्र बाट लागू हुने गरि २ कक्षा थप गरि पाँच कक्षा सम्म पठनपाठन गराउदै आएको गाउँपालिका अध्यक्ष डाँगीले बताए । उनिले गाउँपालिका भित्र रहेका सम्पुर्ण बिधालयका एक हजार,आठ सय बालबालिकालाई गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित हाम्रो त्रिवेणी नामक पाठ्यपुस्तक प्रकाशन गरि शिक्षण गराइरहेको र अझै कक्षा ८ सम्म उक्त पाठ्यक्रम लागू गरिने लक्ष रहेको बताए ।
बिमोचन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का,शिक्षा शाखा प्रमुख गणेश आचार्य लगाएत सम्पुर्ण वडा अध्यक्ष,शिक्षक,कर्मचारी,पत्रकार लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो ।