कपुरकोट गाउँपालिकामा स्वास्थ्य सम्बन्धि दुई दिने समिक्षा गोष्ठी सुरु

२८ भदौ २०७८

सल्यानको कपुरकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको बार्षिक समिक्षा गोष्ठी सोमबार देखि सुरु गरेको छ ।

 

आर्थिक बर्ष २०७७।०७८ को समिक्षा गोष्ठीको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सेनले कपुरकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधि बारे सहभागीहरुलाई जानकारी गराएका थिय । २ दिन सम्म संचालन गरिने कार्यक्रम गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, वडाध्यक्षहरु विषयगत शाखा कार्यालयका प्रमुुखहरु,स्वास्थ्य संस्थाका प्रमुखहरु, स्वास्थ्य संस्था गुणस्तर सुधार तथा सुशासन समितिका पपदाधिकारीहरु, स्वास्थ्यका लागि सक्षम प्रणालि तथा सुआहारा कार्यक्रमका प्रमुख, प्रतिनिधी लगाएतको कार्यक्रममा सहभागिता रहेको थियोे ।

कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक अरुण दाहालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा गाउँपालिकाका ४ वटा स्वास्थ्य चौकी र २ वटा आधारभुत स्वास्थ्य केन्द्रबाट वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस