२६ भदौ २०७८
आइएमई लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख प्रेम तिमल्सिना मानिसकोको जिवनचक्रमा बिमाको अतिनै महत्त्व हुने बताएका छन् ।
शनिबार सल्यानको श्रीनगरमा भएको टप एजेन्सी मेनेजर सम्मान कार्यक्रममा बोल्दै जीवन बिमाले मानिसको जीवनमा आमूल परिवर्तन ल्याउने बताएका हुन । लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख समेत रहेका तिमल्सिना नेपालका १९ वटा जीवन बिमा कम्पनी मध्य आइएमई लाइफ इन्स्योरेन्सले जनताको मन जितदै गएको बताएका छन् । प्रमुख् अतिथि समेत रहेका तिमिल्सिनाले २०६५ सालमा दर्ता भई २०७४ भदौ १ गते बाट ब्यवसायी रुपमा काम गर्दै आएको बिमा कम्पनीले हाल विभिन्न किसिमका जीवन बिमा योजनालाई जनतामाझ पुर्याएको बताए । यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी र कर्णाली प्रदेशका यरिया शाखा प्रमुख दिपेन्द्र रावतले कार्यक्रममा उपस्थित सम्पुर्ण कर्मचारी र अभिकर्ताहरुलाई कम्पनीको नीति नियम र आफ्नो जिम्मेवारी अनुसार कार्यक्षेत्रमा लाग्न आग्रह गरेका छन् ।
उनले जीवन बिमाको महत्त्व जनतालाई बुझाउनु आफुहरुको पहिलो दायित्व भएको बताए । कार्यक्रममा घोराही शाखाका प्रमुख एजेन्सी मेनेजर तथा आर्थिक बर्ष २०७६/७७ मा नेपालकै टप एजेन्सी मेनेजर बन्न सफल कर्न बहादुर पुन (किरण) आइएमई लिमिटेडका राप्ती इन्चार्ज सुवास सुवेदी लगाएतकाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिय । यस्तै आर्थिक बर्ष २०७७/०७८ सल्यान शाखाका बाट उत्कृष्ट ब्यवसायी बन्न सफल सव एजेन्सी म्यानेजर एमडि आर्सी धर्म राज योगीले सहभागीहरु माझ आफ्नो अनुभव साटेका थिय ।
कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८ मा सल्यान जिल्ला बाट उत्कृष्ट ब्यवसाय गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । आइएमई लाइफ इन्स्योरेन्स सल्यान शाखाका प्रमुख बिमला वली ( बोहरा) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन आइएमई लाइफका दिपक बोहराले गरेका थिय ।