जिल्लाको शारदा नगरपालिका वडा नं.९ मा रहेको नंयाबस्ती सामुदायिक बनले सोमबार निशुल्क रुपमा आफ्ना २४ घरधुरी उपभोक्ता लाई ग्यास चुलो बितरण गरेको हो । बनजंगल संरक्षण गर्नुका साथै दाउराको समस्या बाट मुक्तहुन र धुवा बाट लाग्ने रोगबाट बच्नको लागि आफुहरुले ग्यास चुलो उपभोक्ताहरुलाई बितरण गरेको सामुदायिक बनका अध्यक्ष कर्णबहादुर थापाले बताएका छन् । उनिले आफुहरुले गरेको कार्यले बनको आम्दानी वृद्धि हुनुका साथै बन बाताबरणमा समेत सुधार आउने बताएका छन् ।अध्यक्ष थापाले सहभागी उपभोक्ताहरुलाई खाना पकाउदा ग्यास सिलिन्डर बाट हुने खतराका पक्षहरु बारेपनि जानकारी दिएको बताए ।
करिब ७ हजार रकम बराबरको प्रतिघरमा ग्यास चुलो पाउँदा आफुहरु निकै खुसी भएको स्थानीय उपभोक्ता रेवत थापा र भिम वहादुर बोहराले बताएका छ्न ।उनिहरुले आगामी दिनहरुमा यस्तै प्रभावकारी र जनमुखी काम गर्न कार्यसमिति लाई आग्रह गरेका हुन ।