एकीकृत अखिल नेपाल शिक्षक संगठनको सुदृढीकरण र प्रशिक्षण दार्मामा

१९ भदौ २०७८

सल्यानको दार्मामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले संगठन सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन गरेको छ ।

 

सम्पुर्ण मुक्तिकामी शिक्षकहरु एकजुट होऔं भन्ने मुल नाराका साथ शनिबार दार्मा ३ थुम्केसल्लीमा भएको कार्यक्रमा बोल्दै शिक्षक महासंघका पुर्ब सहअध्यक्ष रत्न बहादुर ओलीले समाजवादी शिक्षाको ब्याबस्थापन गर्नु आजको आवश्यकता भएको बताएका छन् । उनले उक्त ब्यवस्था लागू गर्न सम्पुर्ण शिक्षक,अभिभावक ,विद्यार्थी सयुक्त रुपमा लाग्नु पर्ने आवश्यक रहेको बताएका छन् । प्रशिक्षण कार्यक्रम बाट आफ्नो संगठनको पहिचान फरक किसिमको हुने गरी काम गर्न सम्पुर्ण शिक्षकहरुलाई निर्देशन दिएका थिय ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र ) कर्णाली प्रदेश सदस्य कृति बहादुर पुन ( प्रकाण्ड) ले शिक्षकहरुको संगठन पार्टीको मेरुदन्ड भएको बताएका छन् । देशलाई समाजवाद सम्म लैजाने मुख्य हतियार भनेको शिक्षक भएको , भुमिगत हुँदै यहाँ सम्म आउदा ठुला ठुला परिवर्तनमा शिक्षकको महत्त्वपूर्ण भुमिका रहेको बताउदै आगामी दिनमा पनि उक्त भुमिकामा कमि आउन नदिन सम्पुर्ण शिक्षकहरुलाई आग्रह गरेका थिय । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य निमबहादुर केसी (अरुण) ले शिक्षक राष्ट्रको एउटा शक्तिशाली केन्द्र भएको बताए । जनयुद्ध हुँदै आज सम्म आइपुग्दा शिक्षण पेशाका खातिर राजनीतिक क्षेत्रमा पनि शिक्षकले महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिब निम बहादुर केसीले फोन मार्फत संगठनका गतिबिधि निति निर्देशनको बिषयमा प्रस्ट पारेका थिए भने कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) कर्णाली प्रदेश सदस्य कृति बहादुर पुन ,शिक्षक महासं पुर्ब सहअध्यक्ष रत्न बहादुर ओली, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेसशसदस्य तथा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी (अरुण )नेकपा माओवादीका जिल्ला कमिटी सदस्य अनन्त प्रसाद शर्मा, चन्द्र बहादुर रावत , शिक्षक महासंघ दार्मा गाउँपालिका अध्यक्ष हेमन्त प्रकाश ओली लगाएतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस