१८ भदौ २०७८
सल्यानमा भएको बस दुर्घटना परि १५ यात्रु जना घाइते भएका छन् ।
दाङ तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको रा १ ख १७९२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रवार दिउसो भएको दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका ५ की २३ वर्षीया रेखा शाहु, सोही ठाउँकी ३१ वर्षीया सिता बुढाथोकी, दार्मा गाउँपालिका वडानं.६ का २० वर्षीय प्रवेश बस्नेत, शारदा नगरपालिका १५ का ४९ वर्षीय तारा प्रसाद नाथ, शारदा नगरपालिका १ का ४० वर्षीय कृष्ण गौतम घाइते भएको प्रहरीले जनाएको छ ।सोही घटनामा परि रुकुम त्रिवेणी गाउँपालिका २ का बर्ष २१ का जोखबहादुर खड्का,बर्ष २२ का किरण वली,मुसिकोट नगरपालिका ४ का ७५ बर्षिय मोहन सिंह पुन,तुलसीपुर उपमहानगरपालिका ३ का २८ बर्षिया बिनोद बुढाथोकी,दाङ दङ्गीशरण गाउँपालिका ५ कि २५ बर्षिया निर्मला शर्मा,बागचौर नगरपालिका २ का ४५ बर्षिय लालबहादुर डाँगी,कपुकोट गाउँपालिका ५ कि तिला महतरा,बर्ष २१ की यामकुमारी बोहरा,४५ बर्षिया धनकुमारी बोहरा र कुमाख गाउँपालिकाका ७३ बर्षिय हिरे राणा घाइते भएका छन् । बसमा २८ जना यात्रु रहेको र अन्य यात्रु भने सकुशल रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घाइते सबैलाई उपचारको लागि दाङ तुलसीपुरमा पठाइएको छ । बस अनियन्त्रित भई सडकको माथिल्लो भागको भित्तामा ठोकिएर पल्टिएको प्रहरीको भनाई छ ।