जनहित हार्डवयर द्धारा खानेपानी टयाङ्की निर्माण

१७ भदौ २०७८

सल्यानको एक हार्डवयर पसलले सार्वजनिक स्थानमा खानेपानी टंकी निर्माण गरेको छ ।
बिगत केही बर्ष यता सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे बजार बाट संचालित जनहित हार्डवयर पसलले नगरपालिकाको जिउला र खरिवोट बजारको बिचमा खानेपानी ट्याङ्की सहितको धारा निर्माण गरेको हो । बिहिवार भएको उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले निजि क्षेत्रका ब्यवसायीले सार्वजनिक स्थानमा लगानी गर्नु सकारात्मक पक्ष भएको बताएका छन् । उनले राप्ती लोकमार्गमा दैनिक आवतजावत गर्ने सयौ पैदल यात्रुहरूलाई उक्त खानेपानी ट्याङ्कीले सहजता थप्ने बताएका हुन ।
खानेपानी ट्याङ्की उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका वडा नं.२ कार्यवाहक वडा अध्यक्ष टोपबहादुर डाँगीले आफ्नो वडाको महत्त्वपूर्ण स्थानमा खानेपानी ट्याङ्की निर्माण गरिदिएकोमा जनहित हार्डवयर पसल परिवारलाई धन्यवाद दिएका थिय ।उनले आगामी दिनहरुमा पनि यस्ता सार्वजनिक कार्यमा सहकार्य गर्न अवसर मिलाउन सबैलाई अनुरोध गरेका छन् ।
राप्ती लोकमार्ग अन्तर्गत खरिवोट बजार नजिकै खानेपानी ट्याङ्की सहितको धारा निर्माण गर्नुको मुख्य उधेश्य जनतालाई सहजता थप्न र पानीको मुहानलाई संरक्षण गर्नु रहेको जनहित हार्डवयर पसल थारमारेकी संचालक शुसिला बुढाथोकीले बताएकी छिन ।उनले आगामी दिनमा आफ्नो पसलको तर्फबाट नगरपालिकाका विभिन्न स्थानहरुमा केही नयाँ र प्रभावकारी सामाजिक कार्य गर्ने सोचमा आफू रहेको बताइन् । खानेपानी ट्याङ्की उद्घाटन कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट थारमारेका इन्चार्ज बिरेन्द्र कठायत लगाएत खरिबोट बजार ब्यवस्थापन समितीका अध्यक्ष खुमबहादुर डिसी लगाएत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो भने उद्घाटन कार्यक्रमको संचालन पत्रकार बिरेन्द्र डिसीले गरेका थिय।
प्रतिक्रिया दिनुहोस