अखिल क्रान्तिकारी सल्यान गाउँ र नगर सम्मेलनमा ब्यस्त

१३ भदौ २०७८

 

शनिबार बागचौरमा सम्पन्न भएको अनेरास्ववियु क्रान्तीकारीको प्रथम नगर सम्मेलन बाट सपना वलीको अध्यक्षतामा ३५ सदस्यीय नगरकमीटी गठन गरिएको हो ।
संगठनको प्रथम नगर सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका सल्यान जिल्ला इन्चार्ज राजेन्द्र भण्डारीले शैक्षिक क्षेत्रमा भएको बिकृती बिसंगतीलाई अन्तगर्नु पर्ने आफ्नो संगठनको मुख्य उधेश्य रहेको बताएका छन् ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भण्डारीले बिद्यार्थीका हक अधिकार प्राप्ती र शिक्षा क्षेत्रमा रहेका त्रुटि लाई सच्याउदै जानू पर्ने आजको आवश्यकता रहेको बताए । यहि भाद्र १८ र १९ गते हुने जिल्ला सम्मेलनको तयारीमा आफुहरु रहेको र हाल सम्म त्रिवेणी गाउँपालिका र शारदा नगरपालिका बाहेक अन्य स्थानीय तहहरुमा बिद्यार्थी सम्मेल गरि सकेको बताए ।
खडक खड्काको अध्यक्षतामा भएको नगर सम्मेलनमा कार्यक्रमका बिशिस्ट अतिथि नेकपा माओबादी केन्द्रका प्रदेश कमीटी सदस्य कृति बहादुर पुन( प्रकाण्ड) टिकाराम वलि ( दर्शन ) बागचौर नगरप्रमुख लोकमान बुढाथोकी माओवादी केन्द्रका सेतिराम वलि, अनेरास्ववियु सल्यानका बरिस्ठ उपाध्यक्ष मोहन खड्का लगाएतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिय । यस्तै शनिबारनै अनेरास्ववियु क्रान्तिकारीले कुमाख गाउँपालिकामा सृजना बुढाथोकी अध्यक्ष रहेको संगठन निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस