बागचौर नगर स्तरिय प्याप्सन गठन

१३ भाद्र २०७८

सल्यानको बागचौरमा नगर स्तरीय निजि तथा आबासिय बिधालय अर्गनाइजेसन नेपाल (PABSAN) नगर कमिटी गठन भएको छ ।

 

जिल्लाको बागचौर नगरपालिकामा संचालित संस्थागत बिधालयका संचालक र प्रधानध्यापकहरुको भेलाले इन्द्र भण्डारीको अध्यक्षतामा ७ सदस्यीय प्याप्सन बागचौर नगर कार्यसमिति चयन गरेको छ ।ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल बागचौरका संचालक तथा प्रधानध्यापक समेत रहेका इन्द्र भण्डारी अध्यक्ष रहेको कार्यसमितिमा, रिशोर्ष सारदा बोर्डिङ स्कुल बाङ्गेलाखुरिका संचालक एवं प्रधानध्यापक हिमाल भण्डारी सचीव, शिवरथ एकेडेमिका प्रधानध्यापक देबराज घर्तिमगर कोषाध्यक्ष रहेका छन् । यस्तै सदस्यहरुमा आदर्श बोर्डिङ्ग स्कुल थारमारेका संचालक टोप बहादुर केसी ,सभ्यता एकेडेमिका प्रधानध्यापक खुम बहादुर न्यौपाने ,दिपज्योति बोर्डिङ्ग स्कुलका संचालक झक्कु प्रशाद शर्मा,मदरल्यान्ड बोर्डिङ्ग स्कुलका संचालक प्रकाश कुमार वलि चयन भएका छन् । भेलाले नगर कार्यसमितिको सल्लाहकारमा जिल्ला प्याप्सन सल्यानका उपाध्यक्ष भरत बस्नेत र सचिब खिमराज डिसी लाई चयन गरेको छ ।

नगर स्तरीय भेलामा बोल्दै जिल्ला प्याप्सन सल्यानका उपाध्यक्ष भरत बस्नेतले प्याप्सन सल्यानले निजि बिधालयहरुको हकहितका लागि संघर्ष गर्दै आएको बताएका छन् ।नगरभित्रका समग्र निजिबिधालयहरु लाई रेख देख गर्ने गरेर आफुहरुले बागचौर नगरपालिका भित्र प्याप्सन कार्यसमिति गठन गरिएको बताए ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बस्नेतले आगामी दिनहरुमा प्रभावकारी शैक्षिक गतिबिधिहरु,खेलकुदका कार्यक्रमहरुको आयोजना गरि बिधार्थिहरुको शैक्षिक स्तर माथी उठाउनुपर्नेमा जोड दिएका थिय ।

 

भेलामा बोल्दै जिल्ला प्याप्सन सल्यानका सचिब खिमराज डिसीले शैक्षिक हिस्साको एक हिस्सा संस्थागत बिधालय भएको बताएका छन् ।उनले संस्थागत बिधालयहरुलाई राज्यले हेर्ने दृष्टिकोण पनि सहि हुनुपर्ने बताएका छन् । भेलाको अध्यक्षता समेत ग्रहण गरेका डिसीले संस्थागत बिधालयहरुको सामुहिक एकता हुन आवश्यक रहेको बताएउदै । आगामी दिनहरुमा संस्थागत बिधालय हरुले गर्ने सम्पुर्ण खाले गतिबिधिहरुमा एकरुपता ल्याउनु पर्नै बताएका हुन ।

प्रतिक्रिया दिनुहोस