जनपत्रकार संगठन सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

१२ भदौ २०७८

जनपत्रकार संगठन सल्यानको नयाँ नेर्तित्व चयन गरिएको छ ।

शनिबार भएको जनपत्रकार संगठनको तेस्रो जिल्ला सम्मेलन बाट बिरेन्द्र डिसीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा खकेन्द्र केसी र चन्द्रकला बुढाथोकी, सचिवमा कमल डाँगी, सहसचिवमा सागर बस्नेत र कोषाध्यक्षमा रबिन्स महतरा रहेका छन् । यस्तै सदस्यहरुमा एचपी मगर, आनन्द प्रेम बस्नेत, टिकाराम वली, प्रेम लाल डाँगी, कमल बुढाथोकी, प्रदिप मगर, रोशन वली, प्रेम वली, सुरेश भारती, ज्ञानु डाँगी, दिपक खड्का, कमल खड्का रहेका छन् । यस्तै सल्लाहकारमा योगराज विश्वकर्मा र टीका केसी रहेका छन् ।
संगठनको तेस्रो जिल्ला सम्मेलनमा बोल्दै बिप्लव निकट नेकपा माओवादिका बिशेश कमिटी सदस्य लोकपाल केसीले देशका सबै खाले परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भुमिका रहदै आएको बताएका छन् ।उनले देश र जनताका लागि के सहि के गलत काम भैराखेका छन त्यसमा कलमको माध्यम बाट छुट्याउन सक्ने शक्ति पत्रकारमा हुने गरेको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका केसीले नेपालको राज्य ब्यवस्थानै ठिक नभएको जिकिर गर्दै ,केपि वलि प्रधानमन्त्री रहेको सरकारले आफ्नो पाटी संग ३ बुदे सहमती गरे पनि सरकारबाट उक्त सहमतिको पालना समेत नभएको दुखेसो पोखेका थिय ।उनले आफ्नो पाटी खुल्ला राजनीतिमा आएपनी गिरफ्तार भएका केही नेता कार्यकर्ता हरुलाई अझै सम्म नछोडेको र झुट्टा मुद्दा लगाएर अझै पनि सरकारले आफुहरुलाई दुख दिराखेको बताएका छन् ।
कार्यक्रमका बिशिस्ट अतिथि नेकपा सल्यानका जिल्ला सेक्रेटरी नारायण चन्द र जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य वसन्त विकको लगाएत अन्य अतिथिहरु नेपाल पत्रका महासंघ सल्यानका अध्यक्ष नवीन पौडेल, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारी, नेपाल बार एसोसियशन सल्यानका अध्यक्ष सिपी ओली, अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानका अध्यक्ष टंक प्रकाश केसी, प्रेस युनियनका बुद्धि प्रकाश हमाल, प्रेस चौतारीका सिब डाँगी, प्रेस सेन्टरका अध्यक्ष दिपसागर भण्डारीले सम्मेलन सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए । संगठनका जिल्ला अध्यक्ष योगराज विकको अध्यक्षता र बिरेन्द्र डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन खकेन्द्र केसीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस