जिल्ला अदालत सल्यानले आर्थिक बर्ष २०७७/०७८ मा ३ सय ९१ वटा मुद्दा फर्च्यौट गरेको बताएको छ ।
शुक्रबार गरेको पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत सल्यानका श्रेष्तेदार हेमन्त ज्ञवालीले ६८ दशमलव ३६ प्रतिशत मुद्दा फर्च्यौट गरेको बताएका हुन । गत आर्थिक बर्ष २०७७/०७८ मा सल्यान जिल्ला अदालतमा दर्ता भएका ५ सय ७२ मुद्दा मध्ये ३ सय ९१ वटा मुद्दा अर्थात ६८ दशमलव ३६ प्रतिशत फच्यौट गरेको बताएका छ्न । अदालतले १ सय ८१ मुद्दा चालु आर्थिक वर्षमा सरी आएको र सबैभन्दा धेरै देवानी तर्फ ३ सय २७ मुद्दामा २ सय २६ अर्थात ६९ दशमलव ११ प्रतिशत मुद्दा फच्यौट गरेको उनले बताएका हुन् ।
यस्तै फौजदारी तर्फ २ सय ४५ मुद्दामा १ सय १६५ मुद्दा फच्यौट गरेको छ । गत आ.व.मा ५ सय ३४ मुद्दाको लक्ष्य राखेको भए पनि त्यो भन्दा बढी मुद्दा परेको उनको भनाई छ । कार्यालयका अनुसार सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका परेका छन् । ज्ञवालीका अनुसार गत आ.व.मा २ सय २९ मुद्दा परेका छन् । यस्तै अंशमा ४३, लेनदेनमा २३, वहुविवाहमा ३७, बालविवाह ११, कर्तव्यज्यान ११ र जवरजस्ती करणीका ४६ मुद्दा परेका छन् । चालु आर्थिक वर्षमा ४ सय२८ मुद्दा पर्ने सम्भावना गरेको बताउँदै गत आ.व.मा सरी आएका र नयाँ मुद्दा गरी जम्मा ६ सय ९ मुद्दा पर्ने आकलन गरिएको ज्ञवालीको भनाई छ ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश कुल प्रशाद पाण्डेले अदालतमा परेका मुद्धा मध्ये मेलमिलापको माध्यमबाट मुद्धा टुंग्याउनेहरुमा सल्यान अदालत कर्णालीमै उत्कृष्ट बन्न सफल भएको बताएका छन् ।कार्यक्रममा बोल्दै न्यायाधीश पाण्डेले यस आर्थिक वर्षमा फर्च्यौट भएका ३ सय ९१ मुद्धा मध्य २२ मुद्धा मेलमिलापको माध्यम बाट टुंगो लगाउन सफल भएको बताएका हुन। पाण्डेले जिल्लामा लगडाउन भए यता सबै खाले मुद्दामा वृद्धि भएको समेत बताए ।उनले जिल्ला अदालतको भौतिक संरचनाको कमीले गर्दा कार्य सम्पादनमा समेत अफ्ट्यारो पर्दै आएको बताए ।शारदा नगरपालिकाको आर्थिक सहयोग र सबुज गण सिमखर्कको श्रमसहयोगमा अदालत मुल गेट अगाडि प्रतीक्षालय निर्माण गरेको, त्यही प्रतीक्षालयले सेवाग्राहीलाई बस्न र छलफल गर्न सजिलो भएकोले थोरै राहतको अनुभव आफुहरुले गरेको बताए