दार्मा ५ का ५० बर्षिय एक पुरुष मृत अवस्थामा फेला परे

११ भाद्र २०७८

सल्यानको दार्मामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
दार्मा गाउँपालिका वडा नं.५ अधेरीखोलाका ५० बर्षिय बम बहादुर खत्री शुक्रबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहीबार बैकबाट पैसा निकाल्न भनी फारुला गएका खत्री राती सम्म पनि घर नआएपछि गएराती देखिनै परिवारले खोजी गरी रहेका थिए । शुक्रबार बिहान वडा न ५ कै साउनेखोलामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको र घटना स्थलको सुरक्षाको इप्रका फारुला र थारमारे बाट प्रहरी टोली त्यहाँ पुगेको पौडेलले बताए । पौडेलका अनुसार घटनाको विषयमा छानविन सुरु गरिएको र घटनाको अनुसन्धानका लागि बिदामा रहेका सल्यान प्रहरी प्रमुख गोबिन्द थापा बिदा रद्द गरेर नेपालगन्ज बाट तालिम प्राप्त कुकुर ल्याएर घटना स्थलमा साझ सम्म आइपुग्ने बताए ।
यस्तै सल्यानको दार्मा ५ मा नै गत असार १ गते ३० वर्षीया खिमा खत्रीको रहस्यमय मृत्यु भएको थियो । उक्त घटनाको अहिलेसम्म छानविन हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस