१० भाद्र २०७८
सल्यानका पाँच स्थानीय तहहरुमा बिहिवार देखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ ।
जिल्लाको शारदा नगरपालिका,बागचौर नगरपालिका, त्रिवेणी गाउँपालिका,छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकामा भेरोसेल खोपको दोस्रो डोज लगाइने जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । गत साउन १३ गते देखी २२ गते सम्म ५५ वर्ष उमेर पुगेका नागरिक, शिक्षक, खोपको पहिलो मात्रा समेत नलगाएका, अपांगता भएका ब्यक्तिहरुले लगाएको खोपको दोस्रो मात्रा बिहीबार देखी शुरु गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य ब्यवस्थापक दशरथ श्रेष्ठले बताएका छन् ।
श्रेष्ठ ले पाँच वटा स्थानीय तहमा बिहिवार देखि र बाँकी स्थानीय तहमा केही दिन भित्रमै भेरोसेल खोपको दोस्रो डोज लगाउने तयारी भएको बताएका हुन । उनले हाल सम्म जिल्लाभर करिब १६ हजार नागरिकले भेरोसेलको खोपको पहिलो मात्रा लगाएको समेत जानकारी दिएका छन् ।