सुर्खेतको सिम्तामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना यात्रु घाइते

९ भाद्र २०७८

सुर्खेतको सिम्ता ४ कालिखोलामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

बुधबार नेपालगञ्ज देखि जाजरकोट जाँदै गरेको भ १ ज १०४२ काे फोर्स गाडि दुर्घटना हुँदा रुकुम पश्चिम चौहरजहारी का १७ बर्षिय आशिष शर्मा, रुकुम पश्चिम चौरजाहरिकै अबिनाश राणा,जाजरकोट भेरि नगरपालिका, २ का सम्झना शाह, दिनेश केसि, जाजरकोट भेरी नगरपालिका १२का डिवहादुर गन्धर्व, छेडागाड नगरपालिका जाजरकोटका वर्ष ५१ का गाेरख वुढा र चालक सुजन परियार घाइते भएका छन ।घाइतेमध्ये आशिष शर्मा, गाेरख वुढा र सम्झना शाहकाे अवस्था भने गम्भीर रहेको इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेत राकमले जनाएको छ ।

 

गाडिकाे पछाडिको देव्रे चक्का निक्लेका कारण उक्त दुर्घटना भइ, गाडी सडक देखि ६० मिटर तल खसेको राकम प्रहरी चौकीका इन्चार्ज नन्दराम जैसिले वताएका छन् । घाइते हरुलाई सल्यानको सल्लिवजारमा रहेको जनवन्धु पाेलि किल्निकमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस