सल्यानमा खोलाले बगाउँदा ५१ बर्षिया पुरुषको मृत्यु

८ भाद्र २०७८

सल्यानमा खोलाले बगाउदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको कुमाख गाउँपालिका वडा नं. ६ टाकुरेगाउँ घर भै हाल कुमाख गाउँपालिका ४ कालागाउ सिम्तालेखमा बस्दै आएका ५१ बर्षिया लिलाधर शर्माको मर्मखोलाले बगाउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कुमाख गाउँपालिकाको वडा नं. ३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले बगाएर मंगलबार बिहान वेपत्ता भएका
शर्माको खोजी गर्ने क्रममा कुमाख गाउँपालिका – २ शान्तीबजार स्थित खोलाको किनारमा दिउँसो मृत्त अबस्थाकमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस