सल्यानमा भयो बस दुर्घटना

७ भाद्र २०७८

सल्यानको छत्रेश्वरीको पाथिहाल्नमा बस दुर्घटना भएको छ ।

सोमबार सल्यानको श्रीनगरबाट जयचौरका लागि छुटेको ना ७ ख १८४८ नम्बरको यात्रुबाहक बस छत्रेस्वरी गाउँपालिका ३ फेदिखोलाको कैचिमोडमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका हुन् । घाइते हुनेहरुमा छत्रेश्वरीका रमिता डाँगी,उर्मिला केसी लगाएतका रहेका छ्न । घटनामा परि तिला रावत,दिपा पुन,सरिता केसी,रेखा पुन,बुद्धि पुन तुलसा बिक र भुमा डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

घाइतेहरुको श्रीनगर कर्णाली अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता अर्जुन पौडेलले बताएका छन् । बर्खाको कारण पहिरो खसेर बाटो केहि अवरुद्ध भएको कारण अनियान्त्रित हुदाँ बस दुघर्टन भएको पौडेलले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस