राउटे बस्तीमा निसुल्क स्वास्थ्य शिविरका साथ खाद्यान्न बितरण

६ भाद्र २०७८

सुर्खेतको गुर्वाकोटमा रहेको राउटे बस्तिमा निशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्न बितरण कार्यक्रम सम्पन गरिएको छ ।

 

शुक्रवार सल्यानको कालिमाटी बाट सुर्खेतको गुर्वाकोट नगरपालिका १ मा बसाई सराई गरेर गएको राउटे बस्तीमा शनिबार जिल्ला स्वास्थ्य कार्यालय सल्यानले निशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ भने नेपाली सेना सवुज गण सिमखर्क ब्यारेक र नेपाली सेना १९ नम्बर बाहिने दाङले संयुक्त रुपमा खाद्यान्न सामाग्री बितरण गरेको छ । राउटे बस्तिमा गरिएको स्वास्थ परिक्षणमा तत्काल त्यस्तो कुनै पनि रोगको जटिल समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताएका छन् ।उनका अनुसार राउटे समुदायका केही मान्छेहरुलाई सामान्य खाले रुघा खोकीको समस्या देखिएको र उनिहरुलाई आफुहरुले औसधि दिएको बताए । यस्तै नेपाली सेना सबुज गण सिमखर्क र १९ नम्बर वाहिने दाङले राउटेहरुलाई संयुक्त रुपमा खाद्यान्न सामाग्री बितरण गरेको छ ।राउटेहरुको दैनिकी चलाउन सहज होस भनेर आफुहरुले उनिहरुलाई ४ सय किलो चामल,२सय किलो दाल,२ सय किलो गेडागुडी,५ सय पिस बिस्कुट,५० किलो नुन र ५० पिस हात धुने साबुन बितरण गरिएको नेपाली सेना सबुजगण सिमखर्कका गणपति कन्चन कृष्ण बस्नेतले बताएका छन् ।
राउटे बस्तीमा पुगेर उनिहरुको समस्या र समाधानका बिषयमा छलफल समेत भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवि हुमागाई ( खतिवडा ) ले बताएकी छन् । उनले बर्षादको समय र कोरोनाको महामारी बाट राउटे समुदायलाई कसरी सुरक्षीत राख्ने भन्ने बिषयमा आफुहरु लागि परेको बताइन् । उनिले स्वास्थ्य शिविर र खाद्यान्न बितरणले राउटे समुदायलाई थोरै भएपनी राहत मिलेको बताएकी थिइन् ।
 
प्रतिक्रिया दिनुहोस