आइएमई लाइफ इन्स्योरेन्सको चौथो बार्षिक उत्सव

१ भदौ २०७८ / बिमला बस्नेत

आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो चौथो बार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ ।
मंगलवार आइएमई लाइफ इन्स्योरेन्स सल्यान श्रीनगर शाखाले गरेको बार्षिक उत्सव कार्यक्रममा बोल्दै सल्यान शाखा प्रमुख बिमला वली बोहराले आइएमई लाइफ इन्स्योरेन्सले बिमितमुखी कार्यक्रम हरुलाई प्रभावकारी ढंग बाट अगाडि बढाउदै आएको बताइन ।उनले छोटो समयमै आफ्नो लक्ष्य सम्म पुग्न सफल भएको आइएमई लाइफ इन्स्योरेन्सले मानवीय जिवनलाई सहजता पुग्ने खालका विभिन्न कार्यक्रम लागू गरेको समेत बताएकी छिन ।चौथो बार्षिक उत्सव सम्म सफलताका साथ ल्याइ पुर्याउन प्रत्येक समय खटिनुहुने बिमित,लगानीकर्ता,एएम,टिएम,अभिकर्ता लगाएत सम्पुर्ण शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन ।
बार्षिक उत्सव कार्यक्रमको अवसरमा आफ्न एजेन्सी मेनेजरहरुलाई विभिन्न स्किम समेत हस्तान्तरण गरेको शाखा प्रमुख बिमला वली बोहराले बताएकी हुन । कार्यक्रममा सल्यान जिल्लाका एजेन्सी मेनेजरहरुको लगाएत अन्य सरोकारवालाहरुको समेत उपस्थित रहेको थियो ।
 
प्रतिक्रिया दिनुहोस