सल्यानमा तपाईको मास्क खोइ अभियान संचालनमा

२८ साउन २०७८

सल्यानमा तपाईंको मास्क खोइ अभियान संचालनमा ल्याइएको छ ।

 

नेपाल सरकारको सप्ताह व्यापी अभियान अन्तर्गत सल्यानमा पनि तपाईको मास्क खोई अभियान संचालन गरिएको हो । मास्कको बारेमा सचेतना फैलाउन सल्यानमा ‘तपाईको मास्क खोर्ई’ अभियान संचालन गरिएको बताइएको छ । अभियानले जिल्लामा कोरोना भाईरसको संक्रमण रोक्न भिडभाड हुने क्षेत्रहरुमा पुगेर नागरिकहरुलाई अनिवार्य मास्क लगाउन अपिल गरेको छ ।सल्यानमा निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारण नागरिक मास्क लगाउन छोडेको र कोभिड १९ को संक्रमण दर पुनः बढ्दै जाँना थालेकाले जिल्लामा सचेतना सन्देश सहित मास्क अभियानलाई तिब्रता दिईएको हो । अभियानका क्रममा बिहिवार मास्क बिना भेटिएका नागरिकलाई कोरोनाको जोखिमका बारेमा सचेत पार्दै अनिवार्य मास्क लगाउन आग्रह गर्ने गरिएको छ ।

 

खलंगा पुरानो बसपार्क चोकबाट अभियान शुरु भएको विभिन्न बजारमा परिक्रमा गरी मास्क अभियान मार्फत नागरिकहरुमा नियमित मास्क लगाउन अपिल गरिएको थियो । सचेतना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले कोरोना भाईरस संक्रमण फैलिदै गएकाले सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिन । चोकहरुमा भिडभाड हुन नदिन र भिडभाड भएका क्षेत्रहरुमा समेत अनिवार्य मास्क लगाउन अनुरोध गरिन । कोरोना महामारीको संक्रमण तथा जोखिम कायमै रहेको र कतिपयले निकै लापरबाही गर्न लागेको भन्दै अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस