शारदा नदिले बगायो मिनि ट्रक

२८ साउन २०७८

सल्यानको बागचौर नजिकै शारदा नदिले मिमिनिट्रक बगाएको छ ।

बिहीवार सल्यानको थारमारे( बागचौर हुदै कोटमौला तर्फ जाँदै गरेको रा १ ख २२१९ नंबरको खाली मिनिट्रक बागचौर कोटमौला सडकखण्डमा शारदा नदि पार गर्ने क्रममा नदीमा आएको बाढीले बगाएको हो ।बानपा ८ निवासी चालक टेक बहादुर केसीले चलाएको उक्त मिनि ट्रकलाई नदी पार गर्ने क्रममा नदीमा एक्कासि बढेको पानीको वहाफले करिब ५र६ मिटर तल पुर्याइएको र अहिले जेसेबिको सहायताले ट्रकको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नदीले ट्रक पल्टाएपछी चालक र सह चालकको सकुशल उद्धार गरिएको थियो भने उक्त मिनि ट्रक उद्धारको लागी जेसिबी आइपुग्दासम्म ट्रक नबगोस भनेर डोरीको सहायताले रुखमा बाधेर अड्याइएको छ ।

प्रतिक्रिया दिनुहोस