२७ साउन २०७८
कर्णाली प्रदेशको नाका सल्यानको कपुरकोटमा होल्डिङ सेन्टरको लागि ट्रस्ट भवन निर्माण गरिएको छ ।
भारत लगाएत तेस्रो मुलुक तथा बाहिरी जिल्ला बाट फर्किने नागरिकलाई कोरोना संक्रमण परिक्षण अवधी सम्म राख्नका लागि उक्त स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएको कपुरकोट गाउँपालिका सल्यानले जनाएको छ । कपुरकोट गाउँपालिका वडा नं.३ प्रहरी चेकपोस्ट नजिकै निर्माण गरेको ट्रस्ट भवन करिव डेढ महिनामै सम्पन गरिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम वहादुर सेनले बताएका छन् ।गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका सेनले उक्त भवन निर्माणका लागि कर्णाली प्रदेशको सहयोगमा गाउँपालिकाले २५ लाखको लगानीमा तयार गरेको बताए ।उनले सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर होल्डिङ सेन्टर निर्माण गरिएको बताउदै अझै पनि होल्डिङ सेन्टर सन्चालनमा ल्याउन केही समस्या रहेपनी उक्त समस्यालाई छोटोनै समाधान गर्ने बताएका हुन ।
मंगलवार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम वहादुर सेन,प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई ( खतिवडा ) सिमखर्क ब्यारेक सल्यानका प्रमुख सेनानी कंचन कृष्ण बस्नेत,सल्यान जिल्ला प्रहरी प्रमुख गोविन्द थापा,कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले अनुगमन गरेका थिय ।