२६ साउन २०७८
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मंगलवार जिल्लाको कालिमाटी गाउँपालिका – ४ चम्बुताराबाट मिक्चर बोकेर कालिमाटी आउदै गरेकोे रा १ त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राती साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्टर चालक सल्यान कालिमाटी गाउँपालिका –३ कालिमाटीका १९ वर्षीय खुम बहादुर ओली र मिक्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
यस्तै ट्रयाक्टर दुर्र्घटना हुँदा मिक्चर चालक कालिमाटी गाउँपालिका ३ कालिमाटीका जंग बहादुर सिरिष मगर, ट्याक्छर सहचालक शोही ठाउँ बस्ने वर्ष १७ को कमल विक र मिक्चर हेल्पर कालिमाटी गाउँपालिका ४ का २० वर्षीय खुम बहादुर बस्नेत रहेका छन् । घाइते मगर र विकको अवस्था गम्भिर रहेको सूचना अधिकारी पौडेलले बताए । घाइते तीनै जनाको उपचारको लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएका छ ।