माओवादी केन्द्र सल्यान र जनसम्पर्क मंच सल्यान काठमाण्डौ बिच अन्तरक्रिया

२४ साउन २०७८

नेकपा माओवादी केन्द्र सल्यान र सल्यान काठमाण्डौ जन सम्पर्क मंच बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाण्डौमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता तथा सल्यान जिल्ला इन्चार्ज टेकबहादुर बस्नेतले पाटीको गतिलाई अगाडि बढाउनको लागी माओवादी केन्द्रको स्थापना काल देखि हाल सम्मका उपलब्धि लाई संस्थागत गरेर अगाडि लैजानु पर्ने बताएका छन् । पुर्व मन्त्री समेत रहेका बस्नेतले पुर्व माओवादीहरुको एकता आजको अपरिहार्य आवश्यकता भएको र त्यस बिषयमा पाटी नेतित्वले सोच्नु पर्ने बेला आएको बताए ।उनले सल्यान जिल्लाको पाटीलाई जुझारु गराउनको लागि पनि आफुहरु नयाँ ढंग बाट अगाडि बढेको र पाटी बिग्रीयो,पाटी कम्जोर भयो भनेर निरासामा नबस्न पाटीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्र सल्यानका अध्यक्ष कर्ण बहादुर बुढाथोकीले ( छ्हारी) ले माओवादी पाटीको अस्तित्व सजिलै कसैले पनि मेट्न चाहेर नमेटिने बताएका छन् ।दस बर्षिय महान जनयुद्ध,१९ दिने जन आन्दोलनको मुख्य नेतित्व, हजारौं शहिदले बलिदान गरेको पाटी,घाइते अपाङ्ग र बेपत्तामा परेका ब्यक्ति र तिनका परिवार आफन्तको त्याग तपस्याले निर्माण भएको पाटी एकपटक एकताबद्ध भएर अगाडि बढ्नुको बिकल्प नरहेको बताए ।उनले जिल्लाको राजनीतिलाई नयाँ ढंग बाट अगाडि बढाउनको लागि पाटिका इन्चार्ज लगाएत अन्य सरोकारवाला संग छ्लफल सहकार्य गरेर आफुहरु अगाडि बढेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष रमेश मल्लले पुर्व माओवादीहरुको एकतालाई पाटीले पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन्। उनले पुर्व माओवादीहरुको एकता संगै कम्युनिस्ट आन्दोलन लाई गतिशील बनाई संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई समाजवाद सम्म लैजाना कम्युनिस्ट आन्दोलनका विभिन्न धारहरुलाई एकताबद्ध गर्नु पर्ने बताएका हुन् ।माओवादी केन्द्र का युवा नेता समेत रहेका मल्लले पछिल्लो घटनाक्रमले पाटीलाई केही सिक्ने अवसर समेत मिलेको भन्दै दृर्घकालिन कम्युनिस्ट आन्दोलनका लागि पाटीका नेताहरु लागि परेको बताए ।सल्यान एकताबद्ध पाटी निर्माण नहुनुको मुख्य कारण केहोला भन्ने एक सहभागीको प्रश्नको उत्तर दिदै मल्लले, पाटीका सबै चरणका घटनाक्रमको पहिचान गर्न नसक्नु नै उक्त समस्याको जड रहेको बताएका छन् ।उनले जिल्लामा अब ब्यक्तिमुखी राजनीति भन्दा पाटीमुखी राजनीतिको खाचो रहेको बताउदै त्यो जिम्मा जिल्लाका नेतित्त्वको हातमा रहेको बताएका छन् ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका,पुर्व अध्यक्ष रत्न बहादुर वली,अखिल नेपाल महिला संगठनकी केन्द्रिय उपाध्यक्ष टीका बुढाथोकी, माओवादी केन्द्रका नेता तथा दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी( अरुण) कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढा लगाएतकाले पाटी लाई सशक्त गराएर लैजानु आजको आवश्यकता भएको र त्यसमा सबै लाग्न जरुरी रहेको बताउदै सल्यान काठमान्डौ जनसम्पर्क मंच लाई कार्यक्रम आयोजनाको लागी धन्यवाद समेत दिएका थिय ।
यस्तै सल्यान काठमाण्डौ जनसम्पर्क मंचका अध्यक्ष नवीन बुढाथोकीले आफुहरुले सल्यान र काठमाण्डौ को भावनात्मक दुरी लाई नजिक गराउन यस्ता किसिमका कार्यक्रमहरु गर्दै आइरहेको बताए । पछिल्लो समयको समसामयिक राजनीति अवस्था र धारणालाई जनता समक्ष पुर्याउनको लागि उक्त अन्तरक्रिया कार्यक्रम गरिएको अध्यक्ष बुढाथोकीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस