दार्मामा सुनौलो हजार दिनका आमालाई दिइयो पोषण युक्त आहार ।

२३ साउन २०७८

सल्यानको दार्मा गाउँपालिकाले ६७ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त आहार वितरण गरेको छ ।

 

विश्व स्तनपान सप्ताहको अवसरमा उँपालिकाले पालिकामा रहेका सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गरेको दार्मा गाउँपालिका सल्यानले जनाएको छ । गाउँपालिका भित्रका ६७ आमालाई पौष्टिक आहारा पिठो वितरण गरिएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिएका छन् । गाउँमा सुत्केरी भएका र गर्भवति भएका आमाले पौष्टिक युक्त खानेकुरा खान नपाएमा बच्चालाई कुपोषण तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले पौष्टिक आहार वितरण गरिएको बस्नेतले बताएका हुन् ।

पालिकाले उक्त कार्यक्रम लागु गरी पोषणयुक्त खानेकुरा वितरण गर्न थालेपछि सुनौलो हजार दिनका आमा र उनका घरपरिवार निकै खुशी भएको समेत स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस