बागचौर ९ कोटमौला हरिपुरमा पहिलोपटक बिधुत बल्दा स्थानीयहरु खुसी

२२ साउन २०७८/सन्तोष भण्डारी

सल्यानको बागचौर नगरपालिका वडा नं.९ को हरिपुरमा बिधुत पुग्दा स्थानीयहरु खुसी भएका छन् ।
बिहिवार बिधुत उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले यो आर्थिक बर्ष भित्र बागचौर नगरपालिकामा साबिकका ५४ वटै वडाहरुमा बिधुत बिस्तार गरिने बताएका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले वडा नं.९ का अन्य बस्तिहरु कमलपोखरीमा ट्रान्समिटर जडान भैसकेको,मिटरबक्स जडान हुन बाँकी रहेको, कुयपानीमा ट्रान्समिटर जडान भइ बिधुत लाइन बिस्तार भैसकेको र मिटरबक्स जडान हुन बाँकी रहेको,माझगाउँमा पोलहरु खरिद प्रक्रिया अगाडि बढाइसकीएको बताए ।यस्तै चालू आर्थिक बर्षमा परिलेख मौरीघारे, चार,बस्नेउटा लगाएतका टोल बस्तीहरुमा बिधुत बिस्तारको कामलाई अगाडि बढाइने उनिले बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बुढाथोकीले नगरको समग्र बिकासको लागि जनता, जनप्रतिनिधि र कर्मचारीको सहकार्यहुन जरुरी रहेको बताए ।
यस्तै बिधुत उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोहन चन्दले अन्य वडाको भन्दा ९ नम्बर वडाको भूगोल ठूलो र बिकट भएपनी अधिकांश बस्तिहरुमा बिधुत बिस्तार भैसकेको र बाँकी क्षेत्र यो आर्थिक बर्षमै बिधुत बिस्तार गर्ने गरेर आफुहरु लागि परेको बताए । उनले प्रबिधिको बिकास संगै जोखिम पनि उत्तिकै रहेकाले त्यस तर्फ सचेत रहन वडा बासीलाई अनुरोध गरेका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका वडा नं.९ का पाटी अध्यक्ष प्रेम प्रकाश शर्माले नगरपालिका र वडाको सहकार्यमा आफ्नो वडाको बिकासले गतिलिएको बताएका छन् ।उनले बागचौर नगरपालिकाले आफुहरुलाई स्थानीय सरकारको प्रत्याभूति गराउदै आएको समेत बताए । वडा नं.९ को हरिपुरमा बिधुत बिस्तार भए संगै त्यहाँका करिव ३० घरपरिवारलाई सहजता थपिएको स्थानीय देवबहादुर डाँगीले बताएका छन् ।उनिले बिधुत बले संगै त्यहाँका स्थानीय बासिहरुमा नयाँ ब्यवसाय गर्ने बाटो खुलेको समेत वताए ।
९ नम्बर वडा अध्यक्ष मोहन चन्दको अध्यक्षतामा भएको बिधुत उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका सूचना प्राविधिअधिकृत तिर्थराज डाँगी,नगरका इलेक्ट्रीकल इन्जिनियर टिकाराम खत्री लगाएत स्थानीयको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन बागचौर नगरपालिका शिक्षा शाखा कर्मचारी बिरेन्द्र प्रकाश डिसीले गरेका थिय ।
प्रतिक्रिया दिनुहोस