शारदा कुमाख नमुना कृषि समुह बागचौरको पहिलो बैठक सम्पन्न

२१ साउन २०७८

सल्यानको बागचौरमा शारदा कुमाख नमुना कृषि समुहको पहिलो बैठक तथा सहिद बेपत्ता परिवार तथा घाइते अपांगहरुको भेला बुधबार सम्पन्न भएको छ ।
जनयुद्धका शहिद वेपत्ता परिवारका साथै घाईते अपांग भएका व्यक्तीहरूलाई समेट्ने गरि गठन गरिएको समुहको बैठकमा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले आफू सधै नगर भित्रका जनता,शहिद,बेपत्ता परिवार तथा जनयुद्ध,जनआन्दोलनका घाइते अपांग संगै रहेर काम गरिरहेको बताएका छन् । उनिले देश लाई आमूल परिवर्तनका लागि संघिय लोकतान्त्रिक गणतन्त्र सम्म ल्याइ पुर्याउन सहिद, बेपत्ता तथा घाइते अपांग हरुको भुमिका उच्च रहेकाले उनिहरुलाई तीन वटै सरकारले रेखदेख गर्नु पर्ने बताउदै बागचौर नगरपालिकाले त्यस्ता खाले कार्यक्रम अगाडि बढाउदै आएको बताएका छन् ।नगरप्रमुख बुढाथोकीले आफू नगरप्रमुख भए यता आफुले पाउदै आएको सेवा सुबिधा जनताकै सार्वजनिक कार्यमा खर्च गरेको बताए ।आफुले हाल सम्मको रकम बागचौरमा नगरले स्थापना गरेको कोभिड अस्पताल लगाएतका अन्य क्षेत्रमा खर्च गरेको भन्दै अब बाँकी रहेको रकम पनि जनताकै काममा खर्च गर्ने बताएका छन् ।
भेलामा शहिद परिवार तथा बुद्धिजीवीको तर्फबाट बोल्दै सहिद पुत्र रविकिरण ओलीले सहिद घाइते तथा बेपत्ता हरुको बलिदानी र योगदानको कदर गर्दै जीवनको प्रवाह नगरि लड्ने शहिदका सपना खेर जान नदिन सबैको एकता आवस्यकता रहेको बताएका छन् । उनले सिंगो देश बिकासको लागि शाहीदको योगदान अतुलनीय रहेको बताए । बागचौर नगरपालिकाका भित्रका ३५ जना शाहीद,घाइते अपांग तथा बेपत्ता परिवारको नाममा जिल्ला कृषि विकास कार्यालय सल्यानको बीउ पूजी कार्यक्रम अन्तर्गत, कर्णाली प्रदेशले १० लाख ५० हजार रकम बिनियोजन गरेको र त्यस लाई कार्यन्वयनको लागी भावि नीति तय गर्न बैठकको आयोजना गरिएको शारदा कुमाख नमूना कृषि समुहका अध्यक्ष महेश कुमार ओलीले बताएका छन् । उनले साउन २६ समूहको पुन बैठक बसेर विउ पुजी परिचालन सम्बन्धी छलफल गरिने बताएका छन् ।
बैठकमा सहभागी शहिद,बेपत्ता,घाइते तथा अपांग परिवारका सदस्यहरुले बागचौर नगर सरकारले आफुहरुको लागि केही केही राहतका कार्यक्रम र योजना ल्याउनु पर्नेमा जोड दिएका थिए । समुहका अध्यक्ष महेश कुमार ओलीको अध्यक्षमा भएको उक्त कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी,कार्यवाहक निमित्त प्रमुख प्रशासकीय अधिकृत हरी कठायत, नगर कृषि बिकास शाखाकी प्रमुख हीरादेवी रोकाय, सहिद परिवार सदस्य तथा बुद्धिजीवी रविकिरण ओली लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन समुहका सचिव खड्क बहादुर पुनले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस