जन्म दिनमा गरे पत्रकार कृष्ण वलीले मृगौला पीडित लाई आर्थिक सहयोग गरे

१८ साउन २०७८ 

आफ्नो जन्म दिनको अवसरमा पत्रकार कृष्ण वली मृर्गौल पीडित ब्यक्ति लाई आर्थिक सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य समेत रहेका कृष्ण वलीले आफ्नो जन्म दिनको अवसरमा सल्यान शारदा नगरपालिका वडा नं.५ रातामाटाका पुष्कर जंग बुढाथोकी लाई आर्थिक सहयोग गरेका हुन् । बिगत ९ महिना देखि मृगौलाको समस्याले घोराहीको बुद्ध इन्टरनल हस्पिटलमा उपचाररत ३६ बर्षिया बुढाथोकीको उपचारमा सहजताहोस भनेर आफुले जन्म दिनको अवसरमा उनिलाई १० हजार नगद आर्थिक सहयोग गरेको पत्रकार कृष्ण वली बताएका छन् । उनले जन्म दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सामाजिक काम गर्नु समाजको लागि सकारात्मक पक्ष भएकाले त्यस तर्फ सधै आफू लागि परेको बताए ।
वलिले युथ अफ सल्यान फाउन्डेसन मार्फत बिरामीका आफन्तलाई नगद रकम हस्तान्तरण गर्दै मृगौला पीडित बिरामीको स्वास्थ्य लाभको कामना सहित सहयोगी मनहरुलाई सहयोग गर्दिन आग्रह गरेका थिय । उनिले आफ्नो जन्म दिनको अवसरमा आफुलाई विभिन्न माध्यम बाट शुभकामना दिनुहुने सबैमा धन्यवाद समेत व्यक्त गरेका थिय ।
प्रतिक्रिया दिनुहोस