सल्यानको शिद्वकुमाख गाउँपालिकाले टिमुरका बिरुवा बितरण गरेको छ ।
गाउँपालिकाका सबै वडा टिमुर खेतिको लागि उपयुक्त भएकाले प्रत्येक वडाका किसानहरुका लागि टिमुरका बिरुवा बितरण गरिएको शिद्वकुमाख गाउँपालिकाले जनाएको छ । शिद्वकुमाख गाउँपालिकाले आफ्नै नर्सरीमा उत्पादन गरेर टिमुरका बिरुवा प्रत्येक वडाहरुलाई बितरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रबहादुर केसी बताएका छन् ।उनले वडा नं.१ का लागी ६ हजार बिरुवा र अन्य ४ वटा वडाको लागि ५ हजारका दरले बितरण गरेको बताएका हुन ।
टिमुरका बिरुवा पाएपछी वडाका किसान र कृर्षक समुहहरु खुसी भएको वडा नं.२ का वडा अध्यक्ष रुद्र वहादुर बुढाथोकी बताएका छन् ।उनले प्रत्येक किसानलाई १० वटाका दरले टिमुरका बिरुवा बितरण गरिएको बताएका हुन ।