मोटरसाइकल दुर्घटनामा परि सल्यानमा एकजनाको मृत्यु

१६ साउन २०७८

सल्यानमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परि छ्त्रेश्वरी गाउँपालिका वडा नं.५ लेखपोखरा चौरपानीका अन्दाजी २२/२३ बर्षिय शालिक बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शनिबार अप्रहण ४ बजे तिर छत्रेश्वरीको लान्ती वजार बाट लेखपोखरा तर्फ जादै गरेको प्रदेश नम्बर ३ को ०२०२४प ६७५४ नम्बरको मोटरसाइकल लान्तिको शारदा पुल नजिकै अनियंत्रित भै दुर्घटना हुदा बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मोटरसाइकल चालक समेत रहेका उनलाई दुर्घटनामा परेर गम्भिर चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउदाँ अस्पतालले मृत घोषणा गरेको थियो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको सल्यान प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस