दार्मा गाउँपालिकामा १५ शैयाको आइसोलेशन भवन उद्घाटन ।

१६ साउन २०७८

सल्यानको दार्मा गाउँपालिकाले १५ शैयाको आइसोलेशन भवन निर्माण गरेको छ ।

शुक्रबार उक्त भवनको उद्घाटन गर्दै कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले देश कोरोनाको महामारी बाट थलिएको समयमा जनता लाई सुरक्षीत गर्नु र जनता बचाउनु राज्यको पहिलो प्राथमिकता भएको बताएका छन् । कर्णाली प्रदेश सरकारले कोरोनाका बिरामीहरुको उपचार र कोरोना न्यूनीकरणका लागि बिभिम्न कार्यक्रमहरु जनतासम्म लागू गर्दै आइरहेको र अझै यसलाई निरंतरता दिने शर्माले बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले कर्णाली प्रदेश एउटा बिकट प्रदेशका रुपमा रहेता पनि त्यहाँ जनताको बिकास र समृद्धिका लागि सरकार कटिबद्ध रहेको बताएका छन् ।उनले दार्मा गाउँपालिकाले आइशोलेसन केन्द्रको माग गरे अनुसार कर्णाली प्रदेश सरकारले बजेट बिनियोजन गरेर भवन निर्माण गर्ने बाताबरण समेत गराएको र गाउँपालिकाले भवन निर्माण गरिसकेको, अब उक्त भवन बाट दर्माली जनतालाई सेवा दिने बाताबरण मिलाउन गाउँपालिका लाई आग्रह गरेका छन् ।
यस्तै भवन उद्घाटन कार्यक्रममा बोल्दै कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगर गीरीले जनताका समस्या हरुलाई नजिक बाट निहाल्न सक्ने स्थानीय सरकार भएको बताएकी छिन ।उनले कोरोना महामारीको समयमा आफ्नो स्थानीय तहका जनतालाई बचाउन जसरी स्थानीय सरकारले भुमिका खेल्यो त्यो भन्दा बढी भुमिका खेल्न प्रदेश र संघिय सरकार लाई आग्रह गरेकी छिन ।कार्यक्रमको बिशिस्ट अतिथि समेत रहेकी बुढामगरले देशको समग्र बिकासको लागि संघीय गणतन्त्रात्मक ब्यवस्थाको प्रमुख भुमिका रहेको भन्दै उक्त ब्यवस्था ल्याउने सहिद,घाइते,अपांग तथा बेपत्ताहरु प्रती सधै सम्मान गर्नु पर्ने र उनिहरुको सपना साकार पार्न लाग्नु पर्ने बताएकी छिन ।दार्मा गाउँपालिकाले कोभिड अस्पतालको लागि भवन निर्माण गरेको र यो कार्यलाई प्रभावकारी ढंग बाट अगाडि बढाउन समेत आग्रह गरेकी छिन यस्तै कार्यक्रममा बोल्दै कुमाख गाउँपालिकाका उपाध्यक्ष डिल्लीराज जैसीले स्थानीय सरकारले जनताका पक्षमा काम गर्दै गएको र सल्यान जिल्लाका लागि कर्णाली प्रदेश अभिभावकको भुमिका प्रस्तुत भैरहेको बताएका छन् । उनले दार्मा सरकार तिब्र बिकासको गतिमा अगाडि बढिरहेको बताउदै दार्मा सरकार र कर्णाली प्रदेशको सहकार्यमा दर्माली जनताकाली आफ्नै ठाउँमा कोभिड अस्पताल संचालन गर्ने बाताबरण निर्माण भएको बताए हुन ।
कार्यक्रममा दार्मा गाउँपालिकाकी उपाध्यक्ष टीका शर्मा वलीले दार्मा गाउँपालिकाले छोटो समयमै प्रभावकारी ढंग बाट आइसोलेशन केन्द्रको भवन निर्माण गरेको र अब कोभिडका बिरामीलाई सेवा दिन आफुहरु लागि पर्ने बताएकी छिन । कार्यक्रममा दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्का,कुमाख गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष तिलबहादुर बुढाथोकी,दार्मा गाउँपालिका ३ का वडा अध्यक्ष सेतिराम रोकाय,वडा नं.४ का वडा अध्यक्ष चन्द्र वहादुर रावत जिल्ला समन्वय समिती सल्यानका सदस्य यज्ञ वहादुर चन्द लगाएतले मन्तव्य राखेका थिय ।
कर्णाली प्रदेशको ५० लाख र जनश्रमदान १० लाख गरि जम्मा ६० लाखमा निर्माण गरिएको भवन छोटो समयमै उद्घाटन गर्न पाउँदा गाउँपालिकालाई अर्को सफलता हातपरेको दार्मा गाउँपालिकाका अध्यक्ष निम वहादुर केसीले बताएका छन् ।उनले कोरोना भाइरसको तेस्रो लहरको जोखिम बड्दै गएको र त्यस बाट हुन सक्ने जोखिम लाई मध्यनजर पुर्व तयारी र दार्मा गाउँपालिका बासीहरु रुकुमको चौरजहारी र सल्ले जानु पर्ने बाध्यता हटाउनको लागि उक्त भवन निर्माण गरिएको बताएका छन् । कोरियान प्रबिधि बाट करिव २ महिनामै भवन निर्माण गर्ने निर्माण कम्पनी, कर्णाली प्रदेश सरकार लगाएत सबैलाई धन्यवाद दिएका थिय । गाउँपालिका अध्यक्ष निमवहादुर केसीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रमको संचालन दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख शेरप्रशाद ढकालले गरेका हुन।
प्रतिक्रिया दिनुहोस