नेपाली कांग्रेस सल्यान केशबहादुर बिष्ट पक्षले गर्‍यो पत्रकार सम्मेलन

१३ साउन २०७८

सल्यानमा नेपाली कांग्रेस केशबहादुर बिष्ट पक्षले पत्रकार सम्मेलन गरेको छ ।

बुधवार सल्यान खंलगामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसको आसन्न १४ औं जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवारका आकांक्षि केशबहादुर बिष्टले पाटीले घोषणा गरेका अधिबेशन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रमहरू स्थगित गरिएको जानकारी गराएका छन् । केन्द्रले तोकेको निर्वाचन तालिका बमोजिम साउन १२ गते बाट हुने भनिएको स्थानीय स्तरको निर्वाचन तालिका अर्को सुचना जारी नहुदासम्मको लागि स्थगित भएकोले हाललाई पूर्व निर्धारित भेटघाट कार्यक्रमहरू स्थगित गरिएको बिष्टले बताएका छन् ।
उनले केन्द्रको अर्को तालिका आएपश्चात जिल्लामा पुनः भेटघाट कार्यक्रमलाई निरन्तरता दिईने बताउदै पाटीको नेत्तित्व तहका केहि नेताहरुको पुरानो सोच र कार्यशैलिका कारण सोचे जति पाटी गतिशिल रुपमा अगाडी नबढेको बताएका छन् । बिष्टले नेपाली कांग्रेसमा सैद्धान्तिक र बैचारिक रुपमा कुनै बहस नरहेको तर पार्टीलाई बिचार अनुसार समयसापेक्ष सहि नेतृत्व दिनुपर्ने आफुहरुको धारणा भएको भन्दै १४ औं जिल्ला अधिवेशनका लागी जिल्लादेखी पालिकासम्म सोही अनुसार तयारी गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला उपसभापती निमबहादुर वली, पाटीका २ नम्बर क्षत्रिय सभापती संन्तोष केसी, पाटीका शारदानगर सभापती सचेत शाह, महिला नेता साबित्रा बस्नेत लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस