आर्थिक बर्ष २०७७/०७८ मा संघीय अनुदान बाट प्राप्त भएको ३ अर्व ४७ करोड ८ लाख ३ हजार १ सय २०रुपैया बजेट मध्य सल्यानका ६ स्थानीय तहबाट करिव साढे २९ करोड रकम फ्रीज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानले जनाएको छ । जिल्लामा बजेटको अख्तियारी ढिलो आउनु,कोरोना महामारीको दोस्रो लहरले कामकारबाहीमा बाधा पुग्नु,बिकास निर्माणका कार्यमा ढिलाई हुनु र स्थानीय तहमा प्रयाप्त कर्मचारीको संख्या नहुनुले बजेट फ्रीज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका कोष तथा लेखा नियन्त्रक कमलसिंह भण्डारीले बताएका छन् ।
उनले जिल्लाका ६ वटा स्थानीय तहले पठाएको बिवरण अनुसार शारदा नगरपालिकाले ९ करोड ४० लाख १६ हजार ६ सय ७५ रुपैया ३० पैसा र बनगाड कुपिण्डे नगरपालिकाले ६ करोड १० लाख ११ हजार ८ सय ४९ रुपैया फ्रीज गरेको छ ।यस्तै बागचौर नगरपालिकाले ५ करोड ५६ लाख ८१ हजार २ सय ३९ रुपैया,कालिमाटी गाउँपालिकाले ३ करोड ६० लाख १ हजार ८ सय १४ रुपैया ८० पैसा, त्रिवेणी गाउँपालिकाले २ करोड ६६ लाख,३६ हजार ९ सय १३ रुपैया ६८ पैसा र कपुरकोट गाउँपालिकाले २ करोड ५३ लाख ५२ हजार ८ सय ९४ रुपैया फ्रीज गरेको कोष नियन्त्रक भण्डारीले बताएका छन् । भण्डारीले आर्थिक बर्ष २०७७/०७८ मा संघिय सरकार बाट सल्यानमा आएको शसर्त अनुदान,समपुरक र विशेष अनुदान बजेट अन्तर्गत हाल सम्म प्राप्त ६ वटा स्थानीय तहको बिवरण अनुसार २९ करोड ३३ लाख १ हजार ३ सय ८५ रुपैया ७८ पैसा रकम फ्रीज भएको बताएका छ्न।,उनले कुमाख गाउँपालिका,दार्मा गाउँपालिका,छत्रेश्वरी गाउँपालिका र शिद्वकुमाख गाउँपालिका बाट फिर्ता बिवरण आउन बाकी रहेको समेत बताए ।
यस्तै रकम फ्रीजको बिषयमा जिल्ला र जिल्ला बाहिरका केही सञ्चार माध्यमले बास्तबिकता नबुझेर समाचार प्रकाशनमा ल्याएको भन्दै बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले दुख व्यक्त गरेका छन । आर्थिक बर्ष २०७७/०७८ मा बागचौर नगरपालिका बाट ६ करोड ३५ लाख बढी रकम फ्रीज भएको भन्ने समाचार प्रकाशनमा ल्याउने पत्रकारहरुलाई बास्तबिकता बुझेर मात्र समाचार प्रकाशनमा ल्याउन आग्रह गरेका छ्न । बागचौर नगरपालिकाका सह लेखापाल वसन्त लामिछानेले आफुहरु संग बास्तविक बिवरण हुँदा हुँदै फिर्ता भएको रकम भन्दा करिव ८० लाख रकम बढाएर समाचार प्रकाशन हुँदा आफुहरुनै अचम्मित भएको बताएका छन् ।
बागचौर नगरपालिका बाट यस आर्थिक बर्षमा ५ करोड ५६ लाख ८१ हजार २ सय ३९ रुपैया फ्रीज भएको बताए ।त्यस मध्य नगरपालिकामा विभिन्न कारणले कर्मचारीको रिक्त दरबन्दीको रकम, बिभिन्न योजनाको ठेक्काको टेन्डर बाट बचत रकम,सामाजिक सुरक्षा भत्ता लगाएतका शिर्षक बाट फिर्ता भएको बताए । उनले नगरपालिकाले कामै गर्न नसकेर त्यति ठूलो रकम फ्रीज नभएको बताएका हुन् ।