वाइसीएल सल्यानले अग्निपीडित,पहिरो पीडित र दिर्घरोगी लाई गर्‍यो सहयोग हस्तान्तरण ।

११ साउन २०७८/ बिमला बस्नेत

योङ्ग कम्युनिस्ट लिग ( वाइसीएल ) सल्यानले कपुरकोट गाउँपालिका भित्रका अग्निपीडित ,  दिर्घरोगी र पहिरोको उच्च जोखिम भएका परिवारलाई राहत हस्तान्तरण गरेको छ ।
गाउँपालिका भित्रका पाँच परिवारलाई नगद र जिन्सी गरेर करिब १ लाख भन्दा बढी राहत रकम हस्तान्तरण गरिएको वाइसीएल सल्यानले जनाएको छ । कपुरकोट गाउँपालिका वडा नं.२ दानवाङ्गका अग्निपीडित शुक्रबार बुढा र हिमा घर्ती लाई प्रती परिवार ३७ हजार ५ सय रुपैया हस्तान्तरण गरिएको वाइसीएल सल्यानका अध्यक्ष प्रकाश भण्डारीले बताएका छन् ।यस्तै आगलागी बाट क्षति भएका कपुरकोट गाउँपालिका २ धनवाङका खड्क बहादुर बिश्वकर्मा लाई ५ हजार,धनठानकी मृगौला पीडित बिमा बिश्वकर्मा १० हजार र पहिरोवाट घरमा आंशिक क्षेती पुगेका वडा नं.५ सिन्दुरीका पुर्णबहादुर भण्डारी लाई ५ हजार नगद राहत वितरण गरिएको अध्यक्ष भण्डारीले बताएका छन् ।
उनले आफुहरु र संगठनले अफ्ट्यारोमा परेका जनताहरुलाई आगामी दिनहरूमा पनि सहयोग गर्दै जाने बताएका छन् ।
आपत विपतमा परेकालाई सक्दो सहयोग गर्ने ,संस्कृतिको बिकास गरौ भन्ने मुलनाराका साथ संगठनले उक्त अभियान संचालन गरेको अध्यक्ष भण्डारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस