सल्यानमा भएका छुट्टाछुट्टै घटनामा परि दुई जनाको मृत्यु दुई जना घाइते

६ साउन २०७८

सल्यानको कालिमाटी गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा भएका छुटा छुटै घटनामा परि दुई जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् ।

बुधबार कालिमाटी गाउँपालिका वडा नम्बर ३ रामपुरमा टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भासिँदा सोही गाडीका सहचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर २ सिमलकुनाका अन्दाजी १९ वर्षीय ज्ञान बहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताएका छन्  भने, बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ खैरामा एकै घरका दुई भाईले खेल्ने क्रममा बिवाद गरेर १३ वर्षीय सन्दीप परियारको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकामा एक होटल भत्किदाँ २ जना घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ११ गंगटेमा रहेको भेरि हाइवे होटल भएको ३ तले घरको जग भाँसिएर भत्किदाँ २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा होटलमा कार्यरत रुकुम पश्चिम सानोभेरी गाउँपालिका ८ का १३ वर्षीय युवराज डाँगी र कुमाख गाउँपालिका २ का ५० वर्षीय लिल बहादुर रावत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस