सल्यानको बनगाड कुपिण्डेका ३९ परिवारलाई सोलार बितरण

३ साउन २०७८ / बिमला बस्नेत

सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ३९ घर परिवारलाई सोलार बितरण गरिएको छ ।

बिधुतको पहुँचबाट बन्चित र आर्थिक अवस्था कम्जोर भएका नगरपालिकाको वडा नं.४ का ३९ घर विपन्न परिवारलाई सोलार वितरण गरिएको पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला  समन्वय ईकाइ सल्यानले जनाएको छ । शनिबार भएको सोलार बितरण कार्यक्रममा बोल्दै पहाडी साना किसानका लागि अनुकुलन आयोजना समन्वय इकाई सल्यानका प्रमुख चुडामणी खतिवडाले बत्ती नभएर अँध्यारोमा जीविका चलाउँदै आएका विपन्न समुदायको समस्यालाई ध्यानमा राखी आफुहरुले सोलार वितरण गरेको बताएका छन् । उनले प्रतिघरधुरी १४ हजारका दरले ५० वाटको सोलार वितरण गरेजो र आशा परियोजनाको ५लाख ४६ अनुदान र प्रतिघर १ हजार ३ सय लगानीमा उक्त काम गरिएको खतिवडाले बताएका छन् ।

सोलार बत्ती पाएपछि वडाका नागरिक निकै खुशी भएको वडाध्यक्ष मोमत रोकाले बताए । ८० घरपरिवारका लागि सोलार माग भए अनुसार आर्थिक व्यवस्थापन हुन नसक्दा पहिलो चरणमा ३९ घर र बाँकी अन्य घरपरिवारलाई पनि वितरण गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस