२९ असार २०७८ / सन्तोष भण्डारी
सल्यानको कुमाख गाउँपालिकाले गाउँपालिका भित्रका कृषि क्षेत्र र अन्य विभिन्न क्षेत्रका उत्कृष्ट ब्यक्ति र समुहहरुलाई सम्मानका साथ सामाग्री हस्तान्तरण गरेको छ ।

पुरस्कृत हुनेहरुमा,गाउँपालिका भित्रका ब्यवसायीक पशुपालक तथा कृर्षकहरु रहेका छन् । कुमाख गाउँपालिका वडा नंं.६ गोलकपुरका चन्द्र बहादुर वली र बढाचौरका खिमे बुढाथोकी लाई गाउँपालिकाले अध्यक्ष उत्कृष्ट कृर्षक पुरस्कार बाट सम्मान गरेको छ ।सम्मान पाउने वलीले ६ रोपनी जग्गामा ब्यवसायीक अलैंची खेती गरेका छन् भने बढाचौरका बुढाथोकीले ब्यवसायीक रुपमा बाख्रा पालन,भैंसी तथा माछा पालन र कृषि नर्सरी गर्दै आएका छन् ।उनि हरुलाई ५० हजारका दरले पुरस्कार प्रदान गरिएको कुमाख गाउँपालिका सल्यानले जनाएको छ ।
गाउँपालिकाको महत्त्वपूर्ण पुरस्कार आफ्नै वडाका किसानहरुले पाएको भन्दै आफुहरु खुसी रहेको कुमाख गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष बिरवल शर्माले बताएका छन् । उनले कुमाख गाउँपालिका कृषि तथा पशुपालनका दृष्टिले अति उत्तम रहेको भन्दै उक्त क्षेत्रलाई राज्यले बुझ्नु पर्ने बताएका हुन ।वडा अध्यक्ष शर्माले गाउँपालिकाकोे कृषि तथा पशुपंक्षि विकास शाखा वास्तविक कृषक लाई सम्मान तथा पुरस्कृत गर्ने बाताबरण गराएकोमा धन्यवाद दिएका थिय । त्यस्तै कुमाख गाउँपालिकाले व्यवसायीक कृषकहरुलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत ८ जना र ३ वा सो भन्दा बढी भैंसी पाल्ने किसान लाई सम्मान गरेको छ ।सम्मान हुनेहरुमा वडा नं. ३ की दिपा कुमारी राना, दुर्गी रावत, मस्त बहादुर चन्द वडा नं. ४ का गोविन्द बुढाथोकी, घुर्क बहादुर बुढाथोकी वडा नं. ६ का चक्र बहादुर कवर र वडा नं.७ का चनाखे बुढाथोकी र दलविर बुढाथोकी रहेका छन ।

कृर्षी विकास शाखाले व्यवसायिक रुपमा कृषी उत्पादन क्षेत्रमा लागेका कृषकहरुमा हौसला मिलोस भनेर आफुहरुले यस्तो कार्यक्रम ल्याएको कुमाख गाउँपालिका कृषि शाखा प्रमुख गंगा वलीले बताएकी थिइन् । । त्यस्तै ३ वटा भन्दा बढी भैसीपालक कृषक प्रोत्साहनमा सम्मानित हुनेहरुमा वडा नं. १ का रत्न बहादुर बुढा, ३ का शेर बहादुर पुन र भिम बहादुर रावत, ४ का तुल्से वली र मानिक नाथ र ६ का गुन्जमान खत्री रहेका छन । गाउँपालिकाको पशुपालन व्यवसायलाई व्यवसायीक बनाउदै दुधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यल पालिकाले ३ वा ३ भन्दा बढि माउ भैैेसी पाल्ने किसानलाई सम्मान गर्ने कार्यक्रम ल्याएको पशुपंक्षि विकास शाखा प्रमुख कल्पना शाहीले जानकारी दिएकी छिन । ८ जना व्यवसायीक कृषकलाई ३० हजारका नगद सहित प्रमाण पत्र र ६ जना भैसीपालक कृषकलाई ३५ हजारका साथै प्रमाणपत्र र दोसल्लाले गाउँपालिकाले सम्मान गरेको छ ।
त्यस्तै गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आमा बुबा संग नभई अरुको संरक्षणमा रहेका ४० जना बालबालीकालाइ शैक्षीक सामाग्री पनि बितरण गरेको छ । बाल विवाह न्यूनिकरणका लागि शाखामा विभिन्न जनचेतनामुलक कार्यक्रम भएपनी यो बर्ष कोभिडका कारण याोजनाअनुसार काम गर्न नसकिएको महिला तथा बालवालिका शाखाकी सहायक निरीक्षक देविका केसीले बताएकी छन । त्यस्तै गाउँपालिकाले उद्यम बिकास कार्यक्रम अन्तर्गत सृजनिशल लघुउद्यम समुह र लालीगुरास लघुउद्यम समुह १÷१ वटा तथा मालिका लघुउद्यम समुह कमाख ५ लाइ २ वटा गरि उन्नत जातका ४ वटा बोका बितरण गरेका छ । त्यस्तै बाख्रा पालनको लागि विभिन्न कृषलाई औैषधी वितरण पनि गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगरले कोेरोना महामारिका कारण अघिल्लो महिना नै कार्यक्रम गर्न नसकिएपनि बास्तविक किसानको पहिचान गरेर प्रोत्साहनका लागि गाउँपालिकाले यस्ता कार्यक्रम निरन्तर गरिरहने बताएकी छिन । अध्यक्ष बुढामगरको सम्मान हुने सम्पुर्ण लाई धन्यवाद का साथ बधाई दिदै अझै पनि कृषि कर्ममा निरन्तर लाग्न अनुरोध गरेकी छिन । कार्यक्रममा कुमाख गाउँपालिकाका उपाध्यक्ष डिल्ली राज जैसी,प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती लगाएत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।