सल्यानको बागचौर नगरपालिकाको सातौ नगरसभा सम्पन ७८ करोड बढी रकम बिनियोजन

२७ असार २०७८ / बिमला बस्नेत

सल्यानको बागचौर नगरपालिकाको सातौ नगरसभा विभिन्न नीति, कार्यक्रम तथा बजेट पारितका साथ सम्पन्न भएको छ ।

 

समृद्ध नगर निर्माणका लागि नगरवासीको सहभागीता” आर्थिक तथा पुर्वाधार बिकास र सुशासन हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सम्पन्न भएको नगर सभामा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले आर्थिक बर्ष २०७८/०७९मा कोरोना रोकथाम,नियन्त्रण तथा उपचार कार्यलाई प्राथमिकतामा राख्नुका साथै शिक्षा स्वास्थ्य पुर्वाधार र स्थानीय स्तरमै नागरिकलाई रोजगारीका अवसर सृजना गर्ने गरि बजेट बिनियोजन गरेको बताए । स्थानीय निर्वाचन भएको पहिलो कार्यकालको अन्तिम नगरसभा भएको भन्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले हाल सम्म जनताको चाहाना र नगरको आवश्यकता अनुसार बिकासका गतिविधि लाई अगाडि बढाइएको बताएका छन् ।उनले नगरका मुख्य मुख्य टोल बस्तीहरुमा सडक पुगिसकेको र अब त्यसको स्तर उन्नति गर्न तिर आफुहरु लाग्नु पर्ने आवस्यकता देखिएको बताएका छन् ।

नगरप्रमुख बुढाथोकीले आउदो आर्थिक बर्षको बजेटले साविकका ५४ वटा वडाहरुमा बिधुत बाल्ने लक्ष्य रहेको र अन्य जनमुखी बिकासका कार्यहरूलाई तीव्रता दिने बताएका छन ।बुढाथोकीले शिक्षा,स्वास्थ्य खानेपानी लगाएतका सम्पुर्ण क्षेत्रको आवस्यकता,महत्त्व र त्यसको उपलब्धि हेरेर समान ढंगले बजेट बिनियोजन गरेको र त्यस लाई प्रभावकारी रुपमा कार्यन्वयनमा लैजान सम्पुर्ण जन प्रतिनिधि कर्मचारी र सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । नगरप्रमुख बुढाथोकीले सातौ नगरसभामा हाल सम्मका गतिविधिको समिक्षा गर्दै आर्थिक बर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिय भने नगर उपप्रमुख कल्पना पुनले आर्थिक ऎन २०७८ र बिनियोजन ऎन २०७८ बमोजिम ७८ करोड ८२ लाख ५२ हजार ४ सय ७४ रुपैया अनुमानित बजेट प्रस्तुत गरेकी थिइन ।सभाले उक्त बजेटलाई सर्वसम्मत रुपले पारित गरेको थियो ।

सातौ नगर सभाबाट आर्थिक बर्ष २०७८/०७९ का लागि पुर्वाधार तर्फ सडकमा ५ करोड ८० लाख ६९ हजार ६ सय ८० रुपैयाँ,उर्जा बिकास तर्फ ३ करोड ७१ लाख ५० हजार,भवन आवास तथा सहरी बिकास तर्फ २ करोड ६७ लाख २५ हजार रकम बिनियोजन गरिएको छ ।यस्तै सामाजिक बिकास अन्तर्गत शिक्षा तर्फ १ करोड ९० लाख ७५ हजार ५ सय ,खेलकुद तर्फ ४८ लाख ३० हजार, स्वास्थ्य तर्फ ३ करोड २ लाख ९५ हजार र त्यस मध्य कोभिड आइशुलेसन केन्द्र ब्यवस्थापनको लागी २ करोड ५० लाख, खानेपानी तथा सरसफाइ का लागि २ करोड १३ लाख ७५ हजार ,आर्थिक बिकास तर्फ कृषि तथा पशु तर्फ १ करोड २८ लाख ८० हजार बिनियोजन गरिएको बताइएको छ । सिचाइमा ८५ लाख २५ हजार, पर्यटनमा ५३ लाख ,लैङ्िगक समानता तथा सामाजिक समावेशिकरण ८७ लाख ७४ हजार ५ सय,सूचना तथा प्रबिधिमा ५१ लाख ५० हजार,श्रम तथा रोजगारमा ७९ लाख सुशासन न्याय तथा कानुन बन बाताबरण बिपद र रोजगार प्रवर्द्धनमा १ करोड ४२ लाख गरेर, ७८ करोड ८२ लाख ५२ हजार ४ सय ७४ रुपैया बिनियोजन गरेको बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले बताएका छन् ।जस अन्तर्गत चालु तर्फ ४३ करोड ५७ लाख ५२ हजार ४ सय ७४ रुपैया र पूंजीगत तर्फ ३५ करोड २४ लाख ९९ हजार ९ सय ९८ रुपैया रहेको छ ।

 

यस्तै सातौ नगरसभाकै अवसरमा नगरपालिकाले उत्कृष्ट काम गर्ने तथा अनुसाशित र विभिन्न क्षेत्रमा योगदान पुर्याएका ८ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ ।सम्मान हुनेहरुमा बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगी,नगरपालिकाका सह- लेखापाल वसन्त लामीछाने,कोभिड अस्पताल बागचौरका डा.जीवन बस्नेत,जनस्वास्थ्य निरीक्षक हिमाल भण्डारी,जनकल्याण नमुना मा.बि थारमारेका बाली बिज्ञान शिक्षक लिलमान बस्नेत,वडा नं.५ का पंक्षिपालक दिपक भण्डारी,वडा नं.७ का पशुपालक किसान मदन घर्ती र नगरपालिकाका कार्यालय सहयोगी पदम वली रहेका छन् ।उनिहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बागचौर नगरपालिका शिक्षा शाखाका कर्मचारी बिरेन्द्र प्रकाश डिसी गरेका थिय ।

प्रतिक्रिया दिनुहोस