सल्यानको त्रीवेणीमा सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खानेकुरा बितरण

२७ असार २०७८/ बिमला बस्नेत

सल्यानको त्रिबेणी गाउपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई पोषण र सरसफाइ सम्बन्धि सामाग्री वितरण गरेको छ ।

 

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा, अण्डा,ब्रस मन्जन नङकट, साबुन, तरकारीको बीउ र क्याल्याण्डर वितरण गरेको त्रिवेणी गाउँपालिका सल्यानले जनाएको छ । गाउपालिका भित्रका ६ वटै वडामा रहेका सुनौलो हजार दिन भित्रका एक हजार आमाहरुलाई पोषिलो खानेकुरा र सरसफाई सम्वन्धि सामाग्री वितरण गर्न शुरु गरिएको त्रीवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताएका छन् । बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले सुनौलो हजार दिनका आमाहरुलाई प्राथामिकतामा राखेर त्यस सम्बन्धि आफुहरुले काम गरिरहेको अध्यक्ष डाँगीले बताएका हुन ।उनले हालसम्म गाउपालिकाको वडा नम्बर २ र ३ बाहेक अरु सबै वडाहरुमा उक्त सामाग्री वितरण गरिएको बताएका छन् ।

सुनौलो हजार दिनका आमाहरूलाई पोषण र सरसफाइ सम्बन्धि सामाग्री बितरण गर्नुको मुख्य उधेश्य गर्भास्था देखी दुई बर्ष बिचका बच्चाको शारीरिक,मानसिक,बौद्धिक तथा संवेगात्मक बिकासमा टेवा पुगोस् भन्ने रहेको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले बताएका छन् ।उनले बच्चाको ८० प्रतिशत वृद्धि बिकास पोषण युक्त खाने कुराले हुने समेत बताएका हुन । शनिबार भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का,गाउँपालिकाका वडा अध्यक्ष लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस