२६ असार २०७८
सल्यानको बागचौर नगरपालिका ८ खत्रीगाउँमा पहिलो पटक लिफ्ट सिस्टम बाट खानेपानी पुगेको छ ।
शनिबार खानेपानीको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले खानेपानीको सास्ती भोगी रहेका खत्रीगाउँ असुरेनी टोलका बासिन्दा हरुलाई अब देखि सहज हुने बताएका छन् ।बर्षौ देखि खानेपानीको अभाव भोग्दै आएको उक्त गाउँमा बागचौर नगरपालिकाले छोटै समयमा खानेपानी पुर्याएको बताएका हुन । दृर्घकालिन बिकासका लागि आफुहरुले नगरका समग्र गाउँ बस्तिमा बिकासका पुर्वाधारहरु तयार गर्ने क्रममामा खानेपानीको अभाव रहेको खत्रीगाउँ पनि पानी पुर्याएको बताएका छन् ।उनले उक्त आयोजनाको बाकी रहेको कामलाई पनि छिटै सम्पन गर्ने बताएका हुन ।
कार्यक्रममा बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुन ,कार्यपालिका सदस्य कल्पना शर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल,योजना शाखा प्रमुख पुर्णबहादुर वली,सामाजिक शाखा प्रमुख डिल्ली घर्ती,जिन्सी शाखा प्रमुख लालबहादुर डाँगी लगाएतको उपस्थिति रहेको थियो । बागचौर नगरपालिकाको २५ लाख आर्थिक लगानी र जनताको जनश्रमदानमा निर्माण भएको शारदाखोला लिफ्ट खानेपानी आयोजनाले वडा नं.८ खत्रीगाउँ बस्तिका ४० घरपरिवार लाई हाल खानेपानी सहजता भएको वडा नं.८ का वडा अध्यक्ष रोमु शाहिले बताएका छन् ।शाहीले उक्त आयोजना को काम थोरै बाकी रहेको र आउदो आर्थिक बर्षमा काम सम्पन्न गरेर खत्रीगाउ,टाकुरा,असुरेनीका सम्पुर्ण घरपरिवारमा खानेपानीको सहजता थप्ने वडाको लक्ष रहेको बताएका छन् ।