कमन युथ ग्रुपले संकलन गरेको रकम मृगौला पीडित लाई हस्तान्तरण

२६ असार २०७८

सल्यान शारदा नगरपालिका १ चैबाङका दुबै मृगौला पीडित चित्र रेउलेलाई पछिल्लो पटक आर्थिक सहयोग प्राप्त भएको छ ।

 

 

शनिबार शारदा नगरपालिका १ मा रहेकाे कमन युथ ग्रुपले २ लाख २८ हजार ४ सय ५३ रुपैया मृगौला पीडित चित्र रेउलेलाई हस्तान्तरण गरेको सहयोग संकलन अभियानका अभियान्ता खेमराज बोहराले जानकारी दिएका छन् । सहयोग हस्तान्तरण गर्द्वै शारदा नगरपालिका वडा नं.१ वडा अध्यक्ष नवराज बुढाथोकीले एक मान्छे लाई समस्या पर्दा अर्को मान्छेले सहयोग गर्नु भनेको मानवीय धर्म भएकाले मृगौलाका बिरामी रेउलेलाई आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् । सहयोगी सबै लाई वडा अध्यक्ष बुढाथोकीले धन्यवाद समेत दिएका थिय ।

आफुहरु रेउलेको उपचारका लागि दिन रात नभनेर सहयोग संकलनमा लागि रहेको कमन युथ ग्रुपका अभियान्ता लालु देवकाेटाले बताएका छन् ।उनले रेउलेको आर्थिक अवस्था कम्जोर रहेकाले उपचारमा समस्या देखिएकाले आफुहरुले उक्त अभियान संचालन गर्नु परेको बताए ।

भिम ब खडका लगाएतको आर्थिक संकलन टोली रहेको कमन युथ ग्रुपले हाल सम्म ५ लाख ९ हजार ६४ रुपैया संकलन गरेर बिरामीलाई हस्तान्तरण गरिसकेको अभियान्ता महेन्द्र बस्नेतले जनाएका छन् ।उनले सहयोगी सबै लाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि उक्त अभियान संचालन गर्दै जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस