शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्तिलाई दार्माले गर्‍यो सम्मान

२५ असार २०७८/बिमला बस्नेत

सल्यानको दार्मा गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्यक्ति र निकाय लाई सम्मान गरेको छ ।

शैक्षिक २०७७/०७८ मा गाउँपालिकाको शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत पालिका भित्रका विद्यालय, शिक्षक, विद्यालय कर्मचारी र अभिभावक गरि ५० जना भन्दा बढीलाई सम्मान गरेको दार्मा गाउँपालिकाले बताएको छ । सम्मान पाउनेहरुमा विद्यालयको तर्फ बाट दार्मा गाउँपालिका वडा नं. ३ को नवजागरण प्राथमिक विद्यालय जलुकेनी रहेको छ । यस्तै शिक्षा क्षेत्रमा यो बर्ष उत्कृष्ट योगदान पुर्याउने शिक्षकमा जनज्योति मावि फारुलाचौरकी कमला रोकाय तथा उत्कृष्ट शिक्षकमा राष्ट्रिय मावि दार्माकोटकी पार्वती नेपाली र लोकतान्त्रिक प्रावि मलेअम्रैकी नजमालिका नवनिधि दाहाल रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख शेर प्रसाद दकालले बताएका छन् ।

यस्तै गाउँपालिकाले उत्कृष्ट वालविकास शिक्षकमा सूर्योदय मावि गोठिवनकी भमरा हमाल,उत्कृष्ट बर्ष बिद्यार्थीमा विश्वेश्वर आधारभूत विद्यालय त्रिवेणीकी गायत्री पौडेल, प्राथमिक तहमा उत्कृष्ट छात्रामा लोकतान्त्रिक प्रावि मलेअम्र्रकी सिता रोकाय र छात्र तर्फ लक्ष्मी आधारभुत विद्यालय ज्यामिरेचौरका विशाल विक सम्मानित भएका छन् । गाउँपालिकाले कक्षा १०का छात्रतर्फ जनज्योति मावि फारुलाका मधुसुदन देवकोटा र छात्रातर्फ लक्ष्मी केसी लाई सम्मान गरेको छ ।  लोकतान्त्रिक प्रावि मलेअम्रैकी लालकुमारी रानालाई बर्ष बिधालय कर्मचारीको रुपमा सम्मानित गरिएको छ ।

यस्तै  दार्मा गाउँपालिकाले अनाथ र असहाय बालबालिकाहरूको अभिभावकत्व ग्रहण गर्ने अभिभावकहरू लाई र २० जना असहाय बालबालिकाहरूलाई झोला, विद्यालय पोशाक सहित शैक्षिक सामग्री प्रदान गरेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताएका छन् । गाउँपालिकाले वर्ष विद्यालय, शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी छनोट कार्यविधिमा आधारित मापदण्डबमोजिम छनोट समितिको सिफारिसमा सम्मान गरिएको बताएका छन् । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी उपाध्यक्ष टीका शर्मा वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले प्रमाणपत्र, नगद तथा दोसल्लासहित सम्मान गरेका थिय ।

प्रतिक्रिया दिनुहोस