सल्यान बाट दाङ र काठमाण्डौका लागी नियमित गाडी संचालन गरिदै ।

 

२५ असार २०७८/ सन्तोष भण्डारी

शुक्रबार बार देखी सल्यान बाट काठमाण्डौका लागि दैनिक १ वटा र दाङ तुलसीपुरका लागि दैनिक ६ वटा गाडी संचालन गरिने भएको छ ।

 

बिहिवार जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्लाका यातायात प्रा.लि बिचभएको सहमती अनुसार निषेधाज्ञा लागू भए संगै बन्द भएको यातायात सेवा कोटा प्रणाली बाट चल्ने भएको हो । सल्यान देखि दाङका लागि दैनिक ६ वटा यात्रुबाहक बस र काठमान्डौका लागि दैनिक १ वटा बस नियमित चल्नदिने गरि सहमती भएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताएका छन् । गाडिको सिट क्षमता अनुसार यात्रु राख्न पाउने,स्वास्थ्य मापदण्ड अपनाई गाडी संचालनमा ल्याइने उनले बताएका हुन ।
गत बैशाख १९ गतेदेखी सल्यानमा जारी निषेधाज्ञाका कारण यातायातका साधनहरु बन्द भएका थिए। केहिदिन अघि जोर बिजोर प्रणालीमा निजि सवारी साधन चल्न दिने प्रशासनको निर्णयप्रती यातायात प्रा.लि हरुले बिरोध जनाएका थिए। सार्बजनिक यातायातका साधनहरु बन्दहुदा यात्रुहरुले महँगो भाडा तिरेर निजि सवारी साधन प्रयोग गर्ने गरेका छ्न।
दैनिक रुपमा दाङ र काठमान्डौका लागि गाडी संचालनमा ल्याइने सल्यान रुकुम यातायात प्रालिका डाइल इन्चार्ज शोभाकर थापा( सुनिल)ले बताएका छन् । यस्तै शुक्रवार देखि सल्यान खलंगा बाट काठमाण्डौका लागि गाडी संचालन गर्ने तयारीमा आफुहरु रहेको प्रा.लिका चलानी शाखा इन्चार्ज कुल बहादुर केसी( संगम) ले बताएका छ्न। उनिले सल्यान खलंगा बाट काठमाण्डौका लागि पहिलेकै समय अनुसार रात्रिकालिन सेवा दिइने जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस