बागचौर आइशोलेसन केन्द्रलाई एक वडा अध्यक्षले गरे जन्म दिनमा आर्थिक सहयोग ।

२४ असार २०७८ / सन्तोष भण्डारी
बागचौर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष दिपक वलीले बागचौर नगरपालिकाले संचालनमा ल्याएको आइशोलेसन केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

बुधबार परेको आफ्नो जन्म दिनको अवसरमा वडा अध्यक्ष वलीले,कोरोना भाइरस (कोभिड १९)को उपचार, रोकथाम तथा नियन्त्रणका लागि बागचौर नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रलाई १० हजार नगद सहयोग गर्नुका साथै, आइसोलेसन केन्द्रका बिरामीलाई फलफूल बितरण गरेका हुन् ।
जन्म दिनमा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा लगानी गर्नु मानवीय धर्म भएकाले आगामी बर्षहरुमा पनि आफुले सहयोगी भावना संगै अगाडि बढ्ने वडा अध्यक्ष वलीले बताएका छन् ।

बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकी र उपप्रमुख कल्पना पुनले वडा अध्यक्ष दिपक वलीलाई जन्म दिनको शुभकामना सहित,सामाजिक कामको लागी धन्यवाद दिएका छन् ।नगरप्रमुख बुढाथोकीले जनप्रतिनिधिहरुलेनै सामाजिक कार्यमा सरिक भए समाजमा सकारात्मक सन्देश जाने भन्दै उक्त कार्यको लागी वडा अध्यक्ष वलीलाई धन्यवाद समेत दिएका थिए ।

बागचौर नगरपालिकाले आफ्नै नयाँ भवनमा संचालन गरेको २५ शैयाको अक्सिजन सहितको आइसोलेसन केन्द्रमा डा. जीवन बस्नेतको नेतृत्वमा १० जना स्वास्थ्यकर्मी, ३ जना गाडी चालक र ५ जना कार्यालय सहयोगी रहेको बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामवहादुर हमालले बताएका छन् ।आइसोलेसन केन्द्रमा ३८ थान ठुला अक्सिजन सिलिन्डर, ७ थान अक्सिजन कन्सन्ट्रेटर र मिनी अक्सिजन पलान्ट सहित २४ सै घण्टा बिरामीको सेवा दिरहेको अधिकृत हमालले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस