१९ असार २०७८
सल्यानको एक सहकारी संस्थाले आफ्न शेयर सदस्य लाई आर्थिक सहयोग गरेको छ ।
जिल्लाको बागचौर नगरपालिका वडा नं।२ मा रहेको संघर्षशिल साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्य वडा नं३ रामपुर खाली निवासी दिपा खत्रीलाई दस हजार नगद सहयोग गरेको हो ।सस्थाकी ६ नम्बर समुहकी शेयर सदस्य दिपा खत्रीका ४९ बर्षिया श्रीमान चेत बहादुर खत्रीको गत जेठ १५ गते कोभिड ( १९ का कारण निधन भएको र उनको परिवारलाई थोरै भएपनि राहत होस भनेर आफुहरुले आर्थिक सहयोग गरेको संस्थाका प्रबन्धक राजेन्द्र बहादुर डिसीले बताएका छन् ।
शनिबार मृतकको घरमै पुगेर बागचौर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष टिकाराम केसीको उपस्थितिमा उक्त रकम सेयर सदस्य दिपा खत्रीलाई हस्तान्तरण गरिएको प्रवन्धक डिसीले बताएका हुन ।