१९ असार, सल्यान
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानको बागचौर नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका बनेको छ ।
संघीय सरकारले आर्थिक बर्ष २०७८र०७९ का लागी कामका लागी पारिश्रमिकमा आधारित आयोजना संचालन गर्न
बजेट बिनियोजन गरे अनुसार नेपालका ७ सय ५३ स्थानिय तहहरु मध्य सबै भन्दा बढी रकम सल्यानको बागचौर नगरपालिकाले प्राप्त गरेको हो । चालू आर्थिक बर्षमा पनि नेपालकै उत्कृष्ट बनेको बागचौर नगरपालिकाले आगामी आर्थिक २०७८र०७९ का लागी ७ करोड २५ लाख ६५ हजार रकम ससर्त अनुदानमा पाएको हो ।
तोकियको समय सिमा भित्र कार्यप्रगतिको तथ्यांक परिबिष्ट गरेको आधारमा नेपाल सरकारले नयाँ आर्थिक बर्षका लागी बजेट बिनियोजन गर्द्वै आएको र बागचौर नगरपालिकाको कार्यप्रगती नेपालकै उत्कृष्ट भएकाले बागचौर नगरपालिका उत्कृष्ट नगरपालिका बन्न सफल भएको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताएका छन् । बुढाथोकीले चालू आर्थीक बर्षमा पनि बागचौर नगरपालिका नेपालको उत्कृष्ट नगरपालिका बनेको बताएका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले सृजनशिल बिकासको अवधारणा ल्याउनुका साथै गरिवि न्यूनीकरणका लागि टेवा पुर्याएको बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा दुई पटक नेपालकै उत्कृष्ट बनेको बागचौर नगरपालिकामा सुचिकृत बेरोजगार संख्या ६ हजार ५ सय ६९ जना रहेको र जस मध्य १ हजार २ सय ५८ जना चालू आर्थिक बर्षको रोजगार कार्यक्रममा जोडिएको बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले बताएका छ्न ।
यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सल्यानको दार्मा गाउँपालिकाले नेपालकै दोस्रो स्थानीय तहको रुपमा अनुदान रकम प्राप्त गरेको छ ।दार्मा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी ६ करोड ८६ लाख २६ हजार ससर्त अनुदान रकम प्राप्त गरेको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताएका छन् । केसीले प्रधानमन्त्री रोजगार कार्यक्रम लाई आफुहरुले गाउँपालिकाको दृर्घकालिन बिकास र बेरोजगारी लाई रोजगार दिने बिकासको जग भएको बताएका हुन । दार्मा गाउँपालिकामा सुचिकृत बेरोजगारको संख्या ६ हजार १ सय ९९ सय जना रहेको र चालू आर्थिक बर्षमा १ हजार १ सय ९० जना उक्त कार्यक्रम मा सहभागी भएको दार्मा गाउँपालिकाका रोजगार संयोजक राजकुमार वलीले बताएका छ्न।
यस्तै जिल्लामा सबै भन्दा कम अनुदान पाउने स्थानीय तह मध्य बनगाड कुपिण्डे नगरपालिका परेको छ । उक्त नगरपालिकामा १ लाख १ हजार अनुदान रकम पाएको छ । बनगाड कुपिण्डे नगरपालिकाले १ जनाको पनि सुचिकृत बेरोजगारको फारम नभरेको पाइएको छ ।
जिल्लाका दश स्थानीय तह लाई ससर्त अनुदानमा ३५ करोड २९ लाख ५२ हजार रकम बिनियोजन गरेको जस अन्तर्गत
कालिमाटी गाउँपालिका गाउँपालिका लाई ५ करोड ६१ लाख १३ हजार,कुमाख गाउँ पालिकालाई ३ करोड ९१ लाख ६९ हजार,शारदा नगरपालिका २ करोड ३३ लाख ५९ हजार ,शिद्वकुमाख गाउँपालिकालाई २ करोड ७१ लाख ३८ हजार,त्रिवेणि गाउँपालिका २ करोड ३७ लाख ७४ हजार
छत्रेस्वरी गाउँपालिका २ करोड १५ लाख ७० हजार र कपुरकोट गाउँपालिका २ करोड ५ लाख ३७ हजार रकम प्राप्त भएको छ ।