१९ असार २०७८ / बिमला बस्नेत
सल्यानको कुमाख गाउँपालिकाले दशौ गाउँसभा बाट आर्थिक बर्ष २०७८/०७९ का लागी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार भएको गाउँसभामा गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले हाल सम्म गरेका मुख्य उपलब्धि र गाउँपालिकाको समग्र क्षेत्रमा देखा परेका समस्याहरुको समिक्षा गर्द्वै नयाँ नीति तथा कार्यक्रमहरु गाउँ सभामा प्रस्तुत गरेकी हुन । गाउँपालिकाले कृषि लाई आर्थिक बिकासको मुख्य क्षेत्र मानेर रैथाने बालिको संरक्षण,आधुनिकरण,कृषि ब्यवसाय बाट उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखेको छ भने ।आर्थिक बिकासको लागी उधोग,पर्यटन,पशुपालन संगसंगै सहकारी लाई जोड्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले बताइन् । गाउँपालिकाले शैक्षिक गुणस्तरका लागी एक बिधालय एक बालबिकास केन्द्र, नियमित अनुगमन,प्रोत्साहन,तालीम भ्रमण लगाएत गाउँपालिकामा क्याम्पस निर्माणका लागी पहल गर्ने बुढाले बताएकी हुन ।उनिले स्वास्थ्य क्षेत्रमा कोरोना महामारी लाई ध्यानमा राखेर गाउँपालिका बासीको रोग प्रतिरोधी क्षमता वृद्धिका लागि गाउँपालिकाको सम्पुर्ण शक्ति परिचालन गर्नुका साथै शान्ति र समृद्धि कुमाख बासीको आवश्यकता,पुर्ण सरसफाइ युक्त गाउँ पालिका हाम्रो प्रतिबद्धता भन्ने मुलनाराका साथ सन २०२१ सम्म पुर्ण सरसफाइयुक्त गाउँपालिका घोषण बताएकी छिन ।

गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागी शिक्षा तथा खेलकुद,स्वास्थ्य,कृषि,पर्यटन,संस्कृति, लैङ्गीक समानता तथा सामाजिक समाबेशिकरण,रोजगार तथा सामाजिक न्याय,पुर्वाधार बिकास अन्तर्गत सडक पुल,सिचाई भवन तथा सहरी बिकास,सञ्चार,उर्जा लघु तथा साना जलविद्युत,बनबातावरण तथा विपद ब्यवस्थापन,सुशासन प्रबर्द्धन,अनुसन्धान तथा बिकास लगाएतमा रहेर नीति तथा कार्यक्रम ल्याएको कुमाख गाउँपालिकाका उपाध्यक्ष डिल्ली राज जैशिले बताए ।उनले समग्र कुमाख बासीको भावना र आवश्यकता लाई परिपुर्ति गर्ने गरि बजेट ल्याउने तयारीमा आफुहरु रहेको बताए ।
दशौ गाउँ सभामा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले कुमाखको समृद्धिका लागि गाउँ बस्ती टोल,पिछडिएका जातजाति बर्गका मनोभावना बुझेर दृर्घकालिन बिकासको लागि कटिबद्ध भएर लाग्न गाउँपालिकालाई अनुरोध गरेका छन् । गाउँसभामा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु वडा सदस्य लगाएतको उपस्थिति रहेको थियो । दसौं गाउँ सभा कार्यक्रमको संचालन कुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले गरेका थिय ।