सल्यान अस्पताल र जिल्लाका चार स्थानीय तहले सहयोगमा पाए अक्सिजन कन्सन्ट्रेटर

रमिला मैनाली

१८ असार सल्यान 

नेपाल चिकित्सक संघ र चुची फाउण्डेशन ताइवानको संयुक्त सहयोगमा सल्यानका विभिन्न स्वास्थ्य संस्था तथा आइशोलेसन केन्द्र लाई ६ थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ ।
जिल्लाको सल्यान अस्पताल लाई २ थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ ।त्यस्तै भोटेचौर आइसोलेसन सेन्टर (आइसोलेसन सेन्टर बन्द भएमा लेखापोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहने गरी) १ थान, बागचौर आइसोलेसन सेन्टर (आइसोलेसन सेन्टर बन्द भएमा थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा रहने गरी) १ थान,त्रिवेणी गाउँपालिका आइसोलेसन सेन्टर (आइसोलेसन सेन्टर बन्द भएमा लुहाम स्वास्थ्य चौकीमा रहने गरी) १ थान र शारदा नगरपालिका आइसोलेसन सेन्टरलाई १ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ ।नेपाल चिकित्सक संघ र चु ची फाउण्डेशन ताइवानको संयुक्त सहयोगमा देश भरिका स्वास्थ्य संस्था तथा आइसोलेसन सेन्टरमा स्वास्थ्य सामाग्री प्रदान भई रहेको सिलसिलामा सल्यान जिल्लाको स्वास्थ्य क्षेत्रमा सहजता थप्नको लागि आफुहरुले जिल्लाका ४ स्थानीय तह र जिल्ला अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर पुर्याउन पहल गरेको भन्दै सहयोगी संस्थालाई नेपाल चिकित्सक संघका डाक्टर कृष्ण राणाले धन्यवाद दिएका छन् ।
उनिले सल्यान जिल्ला लाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन सहयोग गर्ने चिकित्सक संघका केन्द्रिय अधक्ष्य डा लोचन कार्की , महासचिव डा बद्रि रिजाल, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी लगाएतको टिमलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग गरिदिन आग्रह गरेका छन् ।
सल्यानमा प्राप्त भएका अक्सिजन कन्सन्ट्रेटर सबै स्थानीय तह र स्वास्थ्य कार्यालयले जडान गरेर प्रयोगमा ल्याइसकिएको बताइएको छ ।कन्सन्ट्रेटरले कोरोना लगाएतका अन्य बिरामीहरुलाई अक्सिजन पुर्याउन सहज भएको त्रिबेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले बताएका छन् ।
 
प्रतिक्रिया दिनुहोस